Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हुन्डाई मोटरले भारतको अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने,२५ हजार करोड भारु जुटाउने लक्ष्य

Global IME Bank Limited
हुन्डाई मोटरले भारतको अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने,२५ हजार करोड भारु जुटाउने लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनीको भारत युनिट हुन्डाई मोटर इन्डियाले भारतीय सेयर बजारको अहिलेसम्मकै  सबैभन्दा ठूलो आईपीओ ल्याउने भएको छ । कम्पनीले करिब २५ हजार करोड भारुबराबरको आईपीओ ल्याउने तयारी गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले अक्टोबर–नोभेम्बर महिनासम्म आईपीओ ल्याउने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । कम्पनीले करिब २.५ लाख करोड भारु मूल्यांकनमा लगभग १० प्रतिशत हिस्सा बिक्री गर्ने जनाइएको छ ।  

आईपीओ जारी भएपछि यो भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बन्नेछ । यसअघि भारतमा सरकारी बीमा कम्पनी एलआईसीले सबैभन्दा  ठूलो आईपीओ निष्कासन गरेको थियो । एलआईसीले आफ्नो ३.५ प्रतिशत स्वामित्व बिक्री गरेको थियो । कम्पनीले सन् २०२२ मा २१ हजार करोड भारुबराबरको आईपीओ जारी गरेको थियो ।  

आईपीओ निष्कासनका लागि हुन्डाईले धेरै बैंहरुसँग कम्पनीको वार्तालाप भईरहेको जनाइएको छ । यदि कम्पनीको आईपीओ भारतीय सेयर बजारमा सूचीकृत भयो भने यो भारतको चौथो ठूलो सूचीकृत अटो कम्पनी बन्नेछ । कम्पनी मारुती–सुजुकी,टाटा मोटर्स,महिन्द्रा एण्ड महिन्द्रा पछिको सबैभन्दा ठूलो सूचीकृत अटो कम्पनी बन्नेछ ।  

यस्तै कम्पनी मारुती पछि भारतको सबैभन्दा दोस्रो ठूलो कम्पनी बन्नेछ ।  

यस वर्षको जनवरी महिनामा हुन्डाई मोटर इन्डियाले ८.५ प्रतिशत वृद्धिका साथ ६७ हजार ६१५ कार बिक्री गरेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.