Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

‘हिमालयन रि’ले उठाएको प्रिमियम फिर्ताको आदेश आउनसक्ने, भोलि हुँदैछ अन्तिम सुनुवाईं

Hyundai Nepal
‘हिमालयन रि’ले उठाएको प्रिमियम फिर्ताको आदेश आउनसक्ने, भोलि हुँदैछ अन्तिम सुनुवाईं
Nabil Bank Limited

काठमाण्डौ । दोस्रो बजारको बहुचर्चित स्क्रिप्ट हिमालय रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई भोलि(बुधबार) पुनः हुँदैछ ।  

यो कम्पनीविरुद्ध २०८० साल मंसिर ८ गते रिट दायर भएको थियो । त्यसपछि चारपटकसम्म उच्च अदालत पाटनमा यसको विषयमा बहस भए पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ ।  

यसअघि पहिलोपटक छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो भने दोस्रो पटक अन्तरिम आदेश दिन अस्वीकार गरिएको थियो ।  

Shivam Cement
Sagarmatha Cement

तेस्रोपटक हिमालयन रिको तर्फबाट सम्भावित सुनुवाई स्थगन गरिएको थियो । चौथोपटक भने ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।  

यसअघि न्यायाधीश नै दोहोरिएका र न्यायाधीशविरुद्ध नै न्याय परिषदमा उजुरी परेर चौथोपटक पनि ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।  

अब पाँचौ पटक बुधबार पुनः रिटको विषयमा सुनुवाई हुने देखिएको छ ।  

अधिवक्ता गोपाल श्रेष्ठले बीमा ऐनको दफा २५ को उपदफा ५ अनुसार बीमा कम्पनीको सेयर निश्कासन अंकित मूल्य एकसय रुपैयाँमा नै हुने प्रष्ट नियम रहेको दाबी गरे । उनले भने–‘यसमा अन्य कम्पनीको ऐन लगाएर हुँदैन । एकसय रुपैयाँभन्दा बढी मूल्य कुनै पनि कम्पनीले असूल्न मिल्दैन । त्यहीकारण यो कम्पनीको प्रिमियमबाट लगानीकर्ताबाट असूलेको ३ अर्बभन्दा बढी पैसा फिर्ता हुनुपर्छ ।’  

श्रेष्ठले  बुधबार अन्तिम फैसला आउने समेत दाबी गरे । उनले लगानीकर्ताकै पक्षमा फैसला आउने समेत दाबी गरे ।  

‘यसअघि ४ पटक सुनुवाई भइसकेको छ । कुनै कागजपत्र अपुग छैन । त्यसैले बुधबार अन्तिम फैसला हुनसक्ने प्रवल सम्भावना छ ।’ उनले बिजशालासँग भने ।  

यसअघि लगानीकर्ताहरुको तर्फबाट यमप्रसाद भट्टराई र अधविक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा हिमालयन रि इन्स्योरेन्सले गैरकानूनी ढंगले प्रिमियममा आईपीओ बेचेको भन्दै त्यसविरुद्ध रिट दायर गरेका थिए ।  

विद्यमान ऐनविपरीत हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न दिइएको र यसमा नियामकहरुको समेत मिलीभगत रहेको दाबी गर्दै रिट दायर गरिएको हो ।  

रिटमा पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्ड, खुमलटार, धितोपत्र बोर्डको सञ्चालक समिति बोर्डका अध्यक्ष रमेशकुमार हमाल तथा बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्राधिकरणको सञ्चालक समितिलाई समेत विपक्षी बनाइएको छ ।  

कम्पनीले अंकति मूल्य १०० दरमा १०६ प्रिमियम जोडी प्रतिकित्ता २०६ रुपैयाँको दरले करिब तीनकरोड कित्ता सेयरको बिक्री खुलाएको थियो । कम्पनीले प्रिमियमबाट नै तीन अर्बभन्दा बढी रकम संकलन गरेको छ ।  

हिमालयन रिलाई प्रिमियममा आईपीओ निश्कासन गर्न दिंदा नियामक निकायका प्रमुख तथा सञ्चालक समिति नै प्रलोभनमा परेको आरोप लाग्दै आएको छ ।  

धितोपत्र बजारका लगानीकर्ताहरुले हिमालयन रिलाई प्रिमियममा आईपीओ जारी गर्न नदिन माग गरे पनि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सञ्चालक समितिमा हस्तक्षेप गर्दै प्रिमियममै आईपीओ निश्कासनको निर्णय गराएका थिए । उनले यो प्रकरणमा निकै ठूलो आर्थिक लाभ लिएको आरोप समेत लाग्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.