शुक्रबार, आश्विन ४,२०८१ 06:43:03
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 06:43:03
IME remit
Global IME Bank Limited

घोराही सिमेन्ट १.२१ अर्ब घाटामा, आम्दानीमा पनि ६९% को कमी

Hyundai Nepal
घोराही सिमेन्ट १.२१ अर्ब घाटामा, आम्दानीमा पनि ६९% को कमी
Nabil Bank Limited

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ५९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.०५ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ९८ करोड ८७ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ४५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ३३ करोड २ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ४५ करोड ६९ लाख र वित्त खर्च ७६ करोड १७ लाख रुपैयाँबराबर रहेको छ । सिमेन्ट उद्योगमा मागभन्दा बढी उत्पादन भएकाले प्रतिस्पर्धातक अवस्थामा बिक्रीमा अपेक्षाकृत वृद्धि नभएकाले कम्पनीको आम्दानी घटेसँगै कम्पनी घाटामा गएको देखिन्छ । यस्तै यस अवधिको युनिट १ को ब्याज खर्च सो युनिटले उत्पादन गरिसकेकाले आयकर ऐन बमोजिम ब्याज खर्चमा मात्र लेखांकन गरिएको साथै सो युनिटको ह्रास खर्चलाई नाफा/नोक्सानमा लेख्नुपर्ने प्रावधान रहेकाले जम्मा नोक्सानी बढ्न गएको कम्पनीले जनाएको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ४५.२९ प्रतिशतले घटेर २ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको अन्य रिजर्भ ७ करोड ९० लाख र सेयर प्रिमियम २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २६.६८रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ २०७.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५१२.१३ रुपैयाँ र तरलता अनुपात ०.८३ प्रतिशत कायम भएको छ ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.