Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी : कुन सूचकमा कुन अब्बल ?

Global IME Bank Limited
प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी : कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  

धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका कारण पनि लगानीकर्ताहरुको आँखामा यी चार कम्पनी पर्ने गरेका छन् । चारमध्ये कुन कम्पनीमा लगानी गर्दा उचित र कुनमा लगानी गर्दा बढी जोखिम हुन्छ, त्यसका लागि लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरण विश्लेषण गर्नुपर्ने हुन्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर दोस्रो बजारमा वित्तीय विवरणकै आधारमा लगानी गरिहाल्नु पनि उचित नहुन सक्छ । पछिल्लो केही समययता बजारमा दीर्घकालिन भन्दा पनि अल्पकालिन लगानीकर्ता हाबी छन् । वित्तीय अवस्था बलियो हुँदा पनि केही कम्पनीहरुको सेयरभाउ बढ्न नसकेको उदाहरण प्रशस्तै छन् ।  

साथै केही समययता हाथवे इन्भेष्टमेन्ट, हिमालयन रि, नेपाल वेयरहाउजिङ्ग र मुक्तिनाथ कृषि जस्ता कम्पनीहरु वित्तीय अवस्था सन्तोषजनक मात्रै हुँदा पनि चर्चाका आधारमा बजारमा ‘हट केक’ बनेका छन् ।  

प्रिमियममा आईपीओ ल्याएका यी चार जीवन बीमा कम्पनी पनि लगानीकर्ताको रोजाइमा छन् । कम्पनीले आर्जन गरेको मुनाफा, कम्पनीको व्यवसाय, कोषमा सञ्चित रकम, ईपीएस, नेटवर्थ, लाभांश क्षमता र कम्पनीले गर्ने आम्दानीहरु दोस्रो बजारलाई प्रभाव पार्न सक्ने प्रमुख सूचकहरु हुन् ।  

लगानीकर्ताहरुले दीर्घकालिन लगानीका लागि वित्तीय सूचक विश्लेषण गर्न जरुरी हुन्छ । दोस्रो त्रैमासको आधारमा यी चार जीवन बीमा कम्पनीमध्ये कुन कम्पनी कुन सूचकमा अब्बल देखिएको छ भनेर तुलनात्मक विश्लेषण तयार पारेका छौं । तर यो अध्ययन कुनै कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गर्नका लागि भने होइन ।  

खुद नाफाको आधारमा  

खुद नाफा कम्पनीहरुको प्रमुख सूचक मानिन्छ । लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीले कति मुनाफा कमाईरहेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा सन नेपाल लाइफले ३२ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफाकै आधारमा कम्पनीले आर्थिक वर्ष सकिएको अन्तिममा सेयरधनीलाई प्रतिफल बाँड्न सक्छ या सक्दैन भन्ने अनुमान लगाउन सकिन्छ ।  

खुद बीमा शुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुको लागि बीमा शुल्क आर्जन नै मुख्य व्यवसाय सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय अवस्था कस्तो छ बुझ्न आवश्यक हुन्छ । यदि कम्पनीले व्यवसायमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ, भने सो कम्पनीको प्रोफिट क्यापासिटी बृद्धि हुन सक्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  

जीवन बीमा कोषको आधारमा  

बीमा कोष बीमा कम्पनीहरुको प्रमुख सूचक मान्न सकिन्छ । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम जीवन बीमा कोषका लागि छुट्याउनुपर्ने प्रावधान छ । बीमा कोष बलियो हुँदै जाँदा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बलियो भएको मान्न सकिन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले १२ अर्ब ७ करोड रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।  

रिटेन्ड अर्निङ र महाविपत्ती कोषको आधारमा  

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ (संचित आम्दानी/नाफा) र महाविपत्ती कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिम बहन गर्न वा दायित्व बहन गर्न बीमा कम्पनीले महाविपत्ती कोषको व्यवस्था गरेका हुन्छन् । यो कोषले विपत्तीको अवस्थामा कम्पनीले कति जोखिम गर्न सक्छ भन्ने निर्धारण हुन्छ । त्यस्तै, सेयरधनी वा कर्मचारी तथा बीमितलाई प्रतिफल बाँड्नका लागि बीमा कम्पनीले रिटेन्ड अर्निङ कोष छुट्याएका हुन्छन् ।  

यस सूचकलाई जगेडा कोषको रुपमा पनि लिन सकिन्छ । प्रिमियममा आईपीओ ल्याएका कारण हाल यी चारवटै कम्पनीले थप हुन आएको प्रिमियम जगेडा कोष अर्थात् रिर्टन अर्निङ फण्डका रुपमा सञ्चित गरेका छन् । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी रिटेन्ड अर्निङ रिलायबल नेपाल लाइफको १ अर्ब २३ करोड रुपैयाँ छ । त्यस्तै, महाविपत्ती कोषमा भने आइएमई लाइफको १५ करोड ३५ लाख रुपैयाँ सञ्चित छ ।  

खुद दाबी भुक्तानीको आधारमा  

बीमा कम्पनीहरुको लागि दाबी भुक्तानी सूचक महत्वपूर्ण सूचक हो । दाबी भुक्तानीको अवस्थाले कम्पनी बीमितमैत्री छ वा छैन थाहा पाउन सकिन्छ । यदि कम्पनीको दाबी भुक्तानीको अवस्था कमजोर देखिएमा कम्पनीको व्यवसायमा विस्तार नदेखिएको र बीमितमैत्री समेत नरहेको बुझ्न सकिन्छ ।  

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ६० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको व्यवसाय र जारी बीमालेख संख्याको आधारमा पनि कम्पनीको क्लेम सेटलमेन्ट निर्धारण हुने गर्दछ ।  

आम्दानीको आधारमा  

बीमा कम्पनीहरुको मुख्य आम्दानी भनेको बीमा शुल्क बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राखिनु हो । कम्पनीहरुले ठूलो रकम बैैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राखेका हुन्छन् । साथै सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । यसका साथै बीमितहरुलाई कर्जा प्रवाह गरी सो बाट पनि कम्पनीले ब्याजदरको रुपमा आम्दानी गरेका हुन्छन् ।  

कम्पनीहरुले आर्जन गर्ने मुनाफा नै आम्दानीको मुख्य स्रोत हो । कुन कम्पनीले कति आम्दानी गरेको छ सो आधारमा खुद नाफा मापन गर्न सकिन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सले ७८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ ।  

प्रतिसेयर आम्दानीका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।

यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी ईपीएस सन नेपाल लाइफको २०.५२ रुपैयाँ छ ।  

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । दोस्रो त्रैमाससम्म सबैभन्दा बढी बुकभ्यालु सन नेपाल लाइफकै १८७ रुपैयाँ ४ पैसा छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । दोस्रो त्रैमाससम्म सबैभन्दा थोरै पीई रेसियो सन नेपाल लाइफकै २८.०९ गुणा रहेको छ ।

अधिकतम सेयरभाउ र लाभांशको आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि लगानीकर्ताले कम्पनीको अधिकतम सेयरभाउ कति छ र कम्पनीले कतिसम्म लाभांश घोषणा गरेको छ वा गर्न सक्छ त्यो हेरेर लगानी गरेका हुन्छन् । हालसम्म चारमध्ये सिटिजन लाइफले ५ प्रतिशत र रिलायबल नेपाल लाइफले १५ प्रतिशत बोनस सेयर घोषणा गरेका छन् । आइएमई लाइफ र सन नेपाल लाइफले पनि लाभांश घोषणा गर्न बाँकी नै छ ।  

अधिकतम सेयरभाउ कति छ र दोस्रो बजारमा कम्पनीको सेयरलाई कति भाउमा लगानी गर्ने त्यो लगानीकर्ताले विश्लेषण गर्नुपर्दछ । नेप्सेको फ्लोरसिटअनुसार आइएमई लाइफको सबैभन्दा बढी ६४० रुपैयाँ अधिकतम मूल्य छ ।

स्रोतः कम्पनीहरुको दोस्रो त्रैमासीक वित्तीय विवरणको आधारमा  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.