काठमाण्डौ। नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको छ। कम्पनीले आज (साउन ३०) गतेदेखि लागू हुनेगरी आफ्ना सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः सुचारु गरेको हो। टेलिकमले आज एक सार्वजनिक सूचना जारी गर्दै सेवा सुचारु गरेको छ। आफ्नो मोबाइलमा सो सेवा सुचारु भएरनभएको यकिन गर्न *1415*7# डायल गरेर चेक गर्न पनि सबैलाई आग्रह गरेको छ।
यस्तै,नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत वाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ। भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट युएसएसडी कोड *1415*7# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ। नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिनेछ।
सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइल मार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन्। यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ।
नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधा मध्ये रोमिङ सेवा निकै नै उपयोगी छ। अब कम्पनीका सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा उपलब्ध भए पश्चात सेवाग्राहीले सहज तरिकाले यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ।
अन्तर्राष्ट्रिय रोमिङ एउटा मोबाइल सेवा हो जसमार्फत् प्रयोगकर्ताले आफ्नो मोबाइल नेटवर्कको सेवा अन्य देशहरूमा पनि प्रयोग गर्न सक्दछन्।
रोमिङ सेवा लिनुभएको छ भने तपाईं आफ्नो देश बाहिर यात्रा गर्दा तपाईंको मोबाइल नेटवर्कले तपाईंलाई अन्य देशको नेटवर्कसँग जोडिदिन्छ, जसको माध्यमबाट तपाईं कल गर्न, म्यासेज पठाउन, र इन्टरनेट चलाउन सक्नुहुन्छ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                