बुधबार, असार १८,२०८२ 10:20:30
  • बुधबार, असार १८,२०८२ 10:20:30
Global IME Bank Limited

५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ लाख ६२ हजार रुपैयाँ घाटामा रहेको मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा आर्जन गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले घाटाको अवस्थालाई सुधार गर्दै ४५ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो । यद्यपी कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी भने घटेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ४ करोड १२ लाख कमाएको कम्पनीले चालु आवको दोस्रौ त्रैमाससम्म ३ करोड ८४ लाख मात्रै आर्जन गरेको छ । कम्पनीको कर्मचारी खर्च ४८.५० प्रतिशतले बढाउँदै २९ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ । प्रशासनिक खर्च भने ३१ लाख ७५ हजारबाट घटेर १० लाख ३८ हजारमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १६ करोड २१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको दीर्घकालिन ऋण दायित्व ५८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७९.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८६९.८१ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.