Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रोकिएका आईपीओ तत्काल निश्कासनको अनुमति दिन एफएनसीसीआई अध्यक्षको आग्रह

भने-'लगानी सम्मेलनअघि कानून संसोधन गरौं'

Global IME Bank Limited
रोकिएका आईपीओ तत्काल निश्कासनको अनुमति दिन एफएनसीसीआई अध्यक्षको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरुअनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।  

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानून सम्शोधन गरेर सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“लगानी सम्मेलनको लागि निजी क्षेत्रतर्फबाट हामीले १२ वटा कानूनहरु संशोधन गरी लगानीको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । लगानी सम्मेलन अगाडि नै यी कानूनहरु संशोधन गर्न सकियो भने यसले वातावरण बनाउन सहयोग गर्नेछ र लगानी ल्याउन सहयोग गर्नेछ ।”

उनले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रहँदारहँदै पनि आम उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारको तर्फबाट सकारात्मक सन्देशमात्र दिँदा पनि आम लगानीकर्ता र उपभोक्तामा केही कन्फीडेन्स आउने बताए ।  

उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न पर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले आम जनतामा अन्योल सिर्जना गरेको बताए ।  

“निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन । अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन । यसका लागि लगानीको वातावरण बनाउन जरुरी छ । नकारात्मक कुराहरु निस्तेज गर्दै सरकारले लगानीको वातावरण निर्माण गर्न विशेष ध्यान दिन आवश्यक छ,” उनले भने ।  

महासंघका अध्यक्ष ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीहरुको आईपीओ निष्कासन गर्न अनुमती दिन आग्रह गरे।  

“आईपीओमा जाने प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ रोकिएको छ । यो प्रकृयामा रहेका कम्पनीहरुको आईपीओ जारी गर्न खुल्ला गर्नुपर्छ । अहिले करिब २५-३० वटा कम्पनीहरु आईपीओमा लैजानका लागि प्रकृयाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ । यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्दछु,” उनले भने ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.