Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

उद्योगपति चौधरीसहित तीनजना रिहा, अनुसन्धान भने जारी

Global IME Bank Limited
उद्योगपति चौधरीसहित तीनजना रिहा, अनुसन्धान भने जारी
Nabil Bank Limited

काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरी रिहा भएका छन् ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छोरा करण चौधरीको रोहबरमा उद्योगपति चौधरीलाई बुधबार थुनामुक्त गरेको हो।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार चौधरी लगायत सोही प्रकरणमा पक्राउ गरेकाहरुलाई २ दिनभन्दा बढी समय राखेर अनुसन्धान गर्नु नपर्ने भए हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । अदालतको सोही आदेशअनुसार उद्योगपति चौधरीलाई छोराको जिम्मा लगाएर पठाइएको सीआईबीले जनाएको छ ।  

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह, च्याम्पियन फूटवेयर प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । पक्राउ परेको ७ दिनमा तीनैजना छुटेका हुन् ।  

थुनामुक्त भए पनि उनीहरुको विषयमा अनुसन्धान नसकिएको प्रहरीले जनाएको छ । पक्राउ परेको मितिले २५ दिनभित्र अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा उसको अनुसन्धान प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा चौधरी लगायतको मुद्दा अगाडि बढ्नेछ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.