Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रिमियममा आईपीओ जारी गरेका चार बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, हिमालयन रिको उच्च कारोबार

Global IME Bank Limited
प्रिमियममा आईपीओ जारी गरेका चार बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, हिमालयन रिको उच्च कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९२ अंकले बढेर २ हजार ०९० बिन्दु कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ समूह राताम्य छन् भने बाँकी सबै समूहमा हरियाली छाएको छ । बीम समूहका उपसूचकहरुमा जीवन बीमा समूह १।२९ प्रतिशतले बृद्धि भएको छ, भने निर्जीवन बीमा समूह ०।३९ प्रतिशतले घटेको छ ।  

नेप्सेमा सूचीकृत २६ बीमा कम्पनीमध्ये १६ कम्पनीको सेयरभाउ बढेको छ भने दुई पुनर्बीमा कम्पनीसहित आज १० बीमा कम्पनीको सेयरभाउ घटेको छ ।  

बीमा कम्पनीहरुमा आज सर्वाधिक कमाउने अर्थात् सेयरभाउ बढ्ने कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४।६६ प्रतिशतले बृद्धि भएर ४७२ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सिटिजन लाइफको ४.३२ प्रतिशतले बढेर ४६८ रुपैयाँ, आइएमई लाइफको ३.८७ प्रतिशतले बढेर ५६३ रुपैयाँ र सन नेपाल लाइफको १.५५ प्रतिशतले बृद्धि भई ५९५ रुपैयाँ २० पैसा पुगेको छ ।  

यसका साथै नेपाल लाइफको १.१२ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.११ प्रतिशत, सानिमा जिआईसीको १.०१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९३ प्रतिशत, सुर्यज्योति लाइफको ०.८३ प्रतिशत, सलिकोको ०.७४ प्रतिशत, सिद्धार्थ प्रिमियर ०.७१ प्रतिशत, एलआइसी नेपालको ०.६१ प्रतिशत, नेशनल लाइफको ०.५५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४३ प्रतिशत, हिमालयन लाइफको ०.४२ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.२२ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्सको ४.८७ प्रतिशतले घटेर ५६६ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २.०८ प्रतिशतले घटेर ८०१ रुपैयाँ र हिमालय रि इन्स्योरेन्सको १.२५ प्रतिशतले घटेर ६९६ रुपैयाँ १० पैसा कायम भएको छ ।  

साथै नेको इन्स्योरेन्सको १.५३ प्रतिशत, हिमालयन एभरेष्टको ०.९३ प्रतिशत, एशियन लाइफको ०.८७ प्रतिशत, एनएलजीको ०.६० प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.५३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२२ प्रतिशत र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१६ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज पनि हिमालयन रि इन्स्योरेन्सकै सर्वाधिक २४ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा हिमालयन रि को सेयर सूचीकृतपश्चात् लगातार कम्पनीको सेयर सर्वाधिक कारोबार हुन थालेको छ । कम्पनीको सेयरले बजार पुँजीकरणको ठूलो हिस्सा ओगटेको छ । कम्पनीको पुँजी बृद्धि लगायत कम्पनीले पाएको उत्कृष्ट रेटिङका कारण पछिल्लो समय हिमालयन रि को सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफको ६ करोड ६२ लाख रुपैयाँ र आइएमई लाइफको ५ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.