Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

झ्यामोलोङ्गमा हाइड्रोपावरले ५१ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

Global IME Bank Limited
झ्यामोलोङ्गमा हाइड्रोपावरले ५१ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आम सर्वसाधारण,आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले ५१ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका ५१ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  

यसका लागि कम्पनीले एलएस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसै क्रममा कम्पनी र क्यापिलबीच सम्झौता सम्पन्न भएको छ । उक्त  सम्झोतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

झ्यामोलोङ्गमा हाइड्रोपावरले माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मे.वा. क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  

जारी पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीले करुवा सेती हाइड्रोपावर आयोजनानिर्माणकार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । उक्तकम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भएपश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.