मंगलवार, असार १७,२०८२ 02:02:23
  • मंगलवार, असार १७,२०८२ 02:02:23
Global IME Bank Limited

सेबोनमा अध्यक्ष नहुँदा बजारमा अराजकता: घोषणा गरेरै हुन थाल्यो चलखेल

Hyundai Nepal
सेबोनमा अध्यक्ष नहुँदा बजारमा अराजकता: घोषणा गरेरै हुन थाल्यो चलखेल
Nabil Bank Limited

काठमाण्डौ । पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन छ । हाल धितोपत्रका बोर्डका बरिष्ठ अधिकारी डा. नबराज अधिकारीलाई दैनिक प्रशासन चलाउने गरी निमित्त तोकिएको छ ।  

पूर्ण अधिकारप्राप्त अध्यक्ष नभएको मौका छोपेर सेयर बजारमा तीव्र चलखेल र  इन्साइडर ट्रेडिङ हुन थालेको छ । गैरकानूनी गतिविधि तीव्र भएका गुनासा लगानीकर्ताहरुले दैनिकजसो गरे पनि कामचलाउ अध्यक्षले सुन्ने हिम्मत गरेका छैनन् । अर्थमन्त्रालय र बाँकी तालुकदार निकाय पनि मौनता साँधेर बस्दा लगानीकर्ताहरुको सम्पत्ति जोखिममा पर्दै गएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

नेपालको पुँजीबजार दैनिक अर्बौको कारोबार हुने ठाउँ हो । यही साता नै एक लगानीकर्ताले अघिल्लो दिन खुलेआम आफूले बजार बढाएर देखाउने सन्देश  सामाजिक सञ्जालमा राखे । त्यसको भोलिपल्ट अन्तिम मिनेटमा नेपाल टेलिकमको सेयरमा अन्तिम एक मिनेटमा सर्किट लगाएर बजारलाई नाटकीय ढंगले १५ अंकले बढाइयो । यसरी खुलेआम र घोषित चलखेल हुँदा समेत धितोपत्र बोर्डको कामचलाउ नेतृत्व चूपचाप बसेको छ ।  

सबै तालुकदार निकायले मौनता साँध्नु र बजारमा चलखेल तीव्र बन्नुले विभिन्न गिरोहको साँठगाँठमै यस्तो काम भइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।  

जानकारहरु अहिले सुस्ताएको बजार बढ्यो भनेर मख्ख पर्नु भन्दा पनि विकृति बढ्यो भनेर बढी चिन्ता गर्नुपर्ने अवस्था आएको बताउँछन् । किनकी आज आफ्नो सेयर बेच्न बढाउन सक्नेले भोलि बेचेपछि बजार घटाउन पनि सक्छ ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्यामा पाण्डेले एक विज्ञप्ति नै निकालेर धितोपत्रबोर्डमा अध्यक्ष नियुक्त गर्न ढिलाई गरेकोमा चासो व्यक्त गरेका छन् । पाण्डेले नेपाल सरकारले कमिटी बनाएर झारा टार्ने मात्रै काम गरेको पनि आरोप लगाए । उनले भनेका छन्बो-'र्डमा अध्यक्ष नहुँदा चरम बेथिति देखिँदै गएको छ भने नियमित कामकार्यबाही पनि रोकिएको छ ।'  

नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटी बनाएको पनि एक महिना बित्न लागेको छ । सो कमिटीले नयाँ अध्यक्ष छनौटको प्रक्रिया कहाँ पुर्यायो भन्ने विषयमा उनी बोल्न चाहदैनन् । मिडियाको सम्पर्कमा पनि आउन चाहदैनन् । यस्तो प्रवृतिले नयाँ अध्यक्ष छनौटको प्रक्रिया राम्रोसँग अगाडि बढ्न नसकेको अनुमान लगाउन सकिन्छ ।  

नियामक नेपाल धितोपत्र बोर्ड अध्यक्ष नभएका कारण शक्तिविहीन र नेतृत्वहीन बन्न पुगेको छ । बोर्डमा कसैलाई पनि दैनिक प्रशासनिक कार्य चलाउनेबाहेक अरु कुनै पनि काम गर्ने अधिकार दिइएको छैन ।  

यही मौका छोपेर दोस्रो बजारमा खेलाडीले अस्वभाविक रुपमा ‘लो क्याप’ भएका र धेरैजसो सूचक नकारात्मक भएका कम्पनीको सेयरमूल्यलाई दैनिक रुपमा उचालिरहेका लगानीकर्ताको दाबी छन् । यसले सोझासाझा सिधैं फस्ने भन्दै लगानीकर्ताले चासो दिन सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.