Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

फेरि संकटमा पर्न थाले अमेरिकी बैंक, अर्को एउटा टाट पल्टिने अवस्थामा

Hyundai Nepal
फेरि संकटमा पर्न थाले अमेरिकी बैंक, अर्को एउटा टाट पल्टिने अवस्थामा
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकामा फेरि एकपटक बैंकिङ संकट देखिन थालेको छ । ११ महिनाअघि देशका धेरै बैंक टाट पल्टिने अवस्थामा पुगेका थिए ।  त्यसमा सिग्नेचर बैंक पनि परेको थियो । यो बैंक किनेको न्यूयोर्क सामुदायिक बैंक अहिले ध्वस्त हुने अवस्थामा पुगेको खबर आएको छ ।  

मुडीजले बैंकको क्रेडिट रेटिङ घटाएको छ । कम्पनीको सेयर बिहीबार ३१ प्रतिशतले घटेको छ ।  

पछिल्लो एक महिनामा यसको मूल्य करिब ७० प्रतिशतले घटेको छ । यसको मार्केट क्याप जनवरी १ देखि ७ अर्ब डलरभन्दा बढीले घटेको छ र सन् १९९७ यताकै न्यून स्तरमा कारोबार भइरहेको छ । राम्रो कुरा यो हो कि यसको ६० प्रतिशत सम्पत्ति एफडीआईसी बीमाद्वारा कभर गरिएको छ। सिलिकन भ्याली बैंकको हकमा यो १० प्रतिशत थियो।

Shivam Cement
Sagarmatha Cement

न्यूयोर्क सामुदायिक बैंकले गत हप्ता एक आश्चर्यमिश्रित घोषणा गरेको थियो । उसले व्यावसायिक घरजग्गा बजारमा घाटा बेहोरेको बतायो । मुडीजले बैंकले धेरै चुनौतीको सामना गरिरहेको र ऋण तिर्न गाह्रो हुन सक्ने बताएको छ ।  

कम्पनीले तरलता समस्या पनि सामना गर्नुपर्ने हुनसक्छ। बैंकको निक्षेपको एक तिहाइ बीमाले कभर गर्दैन। यदि निक्षेपकर्ताहरूको विश्वास डगमगायो भने, बैंकले कोष र तरलताको दबाबको सामना गर्नुपर्ने हुन सक्छ।  

अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले सरकारले बैंकिङ संकटमा ध्यान राखेको र नियामकहरूले रियल इस्टेट ऋणको जोखिम व्यवस्थापन गर्न काम गरिरहेको बताइन्।

गत वर्ष अमेरिकाका दुई बैंक ध्वस्त भएका थिए भने एउटा बैंक धरासायी बनेको थियो । सन् २००८ पछि सम्पत्तिको आधारमा अमेरिकामा यो सबैभन्दा ठूलो बैंकिङ संकट थियो।  

सन् २००८ मा अमेरिकामा २५ वटा बैंकहरु ध्वस्त भए जसको संयुक्त सम्पत्ति ३७४ बिलियन डलर थियो । गत वर्ष, सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक, जसको संयुक्त सम्पत्ति ३१९ बिलियन डलर थियो,  पतन भयो। यससँगै फर्स्ट रिपब्लिक बैंक पनि धरासायी बन्दै गएको छ ।  

अमेरिकी बैंकहरूले सन् २०२२ मा ६२० अर्ब डलर घाटा बेहोरेका छन् । यूएस फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न जसरी ब्याजदर बढाएको थियो, त्यसले बैंकहरूको अवस्था नाजुक भएको थियो ।

-एजेन्सीबाट

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.