Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफामा ६१.३९% को गिरावट,खर्च भने १७.५९% ले बढ्यो

Global IME Bank Limited
बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफामा ६१.३९% को गिरावट,खर्च भने १७.५९% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नाफामा ६१.३९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको नाफा घटेपनि विद्युत बिक्रीबाट हुने आम्दानी भने १२.५५ प्रतिशतले बढ्दै ९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रशासनिक खर्च १ करोड ३१ लाख रुपैयाँ र कुल खर्च भने ३ करोड ६१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.५९ प्रतिशतले बढी  हो ।  

कम्पनीको वित्त आम्दानीमार्फत ५ करोड १० लाख कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ५३.२६ प्रतिशतले बढी हो । कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिसम्म कम्पनीको दीर्घकालिन ऋण ९५ करोड ७४ लाख रुपैयाँ र नगद तथा बैंक मौज्जाद ५१ लाख ७५ हजार रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.६३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५५.२९ रुपैयाँ,मूल्य आम्दानी अनुपात २७२.११ गुणा,तरलता अन्पात ५४.३० गुणा र प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ कायम भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.