मंगलवार, असार १७,२०८२ 01:55:39
  • मंगलवार, असार १७,२०८२ 01:55:39
Global IME Bank Limited

सामुदायिक लघुवित्तको कमजोर वित्तीय अवस्थाः घाटा ११६०.५५% ले वृद्धि,आम्दानी घट्दो,प्रतिकित्ता मूल्य भने ८२३ रुपैयाँ

Hyundai Nepal
सामुदायिक लघुवित्तको कमजोर वित्तीय अवस्थाः घाटा ११६०.५५% ले वृद्धि,आम्दानी घट्दो,प्रतिकित्ता मूल्य भने ८२३ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको घाटा ११६०.५५ प्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको घाटा ३१ लाख ७२ हजार रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाको खुद ब्याज आम्दानी २१.३७ प्रतिशतले घट्दै ८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको खराब कर्जा अनुपात ९.०४ प्रतिशतबाट बढेर १४.६५ प्रतिशत पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ९ करोड ३९ लाख रुपैयाँ छुट्टाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २५.२३ प्रतिशतले बढी हो ।  संस्थाले कर्मचारी खर्च ३ करोड ९० लाख र अन्य सञ्चालन खर्च १ करोड १७ लाख रुपैयाँ गरेको छ ।  

संस्थाको निक्षप संकलन ६१ करोड ३७ लाख रुपैयाँबाट घटेर ५२ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि १ अर्ब ५१ करोडबाट घटेर १ अर्ब २० करोड रुपैयाँ सीमित भएको छ । संस्थाको रिजर्भको आकार पनि ८ करोड ६९ लाखबाट घटेर ३ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ५५.०८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १२२.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०२१.७९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५.०३ गुणा ऋणात्मक र तरलता अनुपात २७.९२ गुणा कायम भएको छ ।  

कम्पनीको अधिकांश सूचक खराब रहेतापनि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य भने प्रतिकित्ता ८२३ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.