Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

इष्टर्न हाईड्रोपावर ७२.५४% ले नाफा बढाउन सफल,रिजर्भ भने १४.९० करोडले ऋणात्मक

Global IME Bank Limited
इष्टर्न हाईड्रोपावर ७२.५४% ले नाफा बढाउन सफल,रिजर्भ भने १४.९० करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेड ७२.५४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको नाफा ७९ लाख ८१ हजार रुपैयाँमा सीमित थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको नाफा बढेपनि आम्दानी भने ४.४१ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ७ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च घटेर २ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको वित्त खर्च पनि ३ करोड १ लाख बाट घटेर २ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।  

कम्पनीको अल्पकालिन ऋण २ करोड ६१ लाख र दीर्घकालिन ऋण ६४ करोड ९१ लाख रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीको रिजर्भ तथा बचतको आकार भने १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको नगद मौज्जाद ३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.२२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७५.९६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८९.७५ रुपैयाँ,मूल्य आम्दानी अनुपात २०८.४५ गुणा र तरलता अनुपात १.५७ गुणा कायम भएको छ ।    


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.