Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय

Global IME Bank Limited
एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय
Nabil Bank Limited

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  

माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो ।  

साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैठकले साधारणसभा प्रयोजनका लागि फागुन ८ गते एक दिनका लागि बुक क्लोज मिति तोकेको छ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागिताका लागि योग्य बन्न फागुन ७ गतेभित्र सेयरधनी कायम भइसक्नुपर्नेछ ।  

साधारणसभाले कम्पनीको हाल कायम चुक्तापूँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.४०७८ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।  

यस्तै, ७.७५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशत(१ः०.४२)को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।  

बोनस सेयर र हकप्रद वितरणपछिको हदसम्म जारी र चुक्तापूँजी स्वीकृतिको अजेण्डा समेत राखिएको छ ।  

सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना र एकजना स्वतन्त्र सञ्चालक रहने गरी जम्मा ६ जनाको सञ्चालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।  


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.