Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

यस्तो छ सिक्लेस हाईड्रोपावरको वित्तीय अवस्था,कुन सूचकमा कति अब्बल ?

Global IME Bank Limited
यस्तो छ सिक्लेस हाईड्रोपावरको वित्तीय अवस्था,कुन सूचकमा कति अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । सिक्लेस हाईड्रोपावर लिमिटेडको मुनाफामा झिनो वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.२७ प्रतिशतले बढी हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत आवको सोहि अवधिसम्म ६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १.२९ प्रतिशतले मात्रै बढेको छ । कम्पनीले दोस्रो त्रैमासको अन्त्यसम्म विद्युत बिक्रीमार्फत १९ करोड ५८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च १ करोड ९० लाख र कुल गैर सञ्चालन खर्च ११ करोड ४१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको दिर्घकालिन कर्जा १ अर्ब २६ करोड रुपैयाँ र रिजर्भ ८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीके प्रतिसेयर आम्दानी(इपीएस) १४.८२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०९.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.४२ गुणा कायम भएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.