आईतवार, आश्विन २७,२०८१ 09:44:53
IME remit
  • आईतवार, आश्विन २७,२०८१ 09:44:53
IME remit
Global IME Bank Limited

महासंघले भेट्यो मुख्य सचिव, ‘आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक’

Hyundai Nepal
महासंघले भेट्यो मुख्य सचिव, ‘आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक’
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँग भेटवार्ता गरेको छ । भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तिव्र र दिगो विकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेको तर्पm ध्यानाकर्षण गराएको छ ।  

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरिय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए । ‘महासंघको आग्रहमा नया चरणको सुधारका लागि आयोग गठन हुनु सकारात्मक छ, उनले भने ।  

Bizshala
Shivam Cement
CG Motors

यसैगरि निजी क्षेत्रको मर्यादा क्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्य सचिव अर्याल समक्ष आग्रह गरे । यसैगरि सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाई सुशासनको प्रत्याभूति दिलाउनु पनि आवश्यक रहेको उनले बताए ।

यसैगरि निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरि कानूनहरु बनेको तर्पm अध्यक्ष ढकालले मुख्य सचिव अर्यालको ध्यानाकर्षण गराउनुका साथै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे ।  

भेटमा मुख्य सचिव अर्यालले निजी क्षेत्रको महत्व आपूmले बुझेको र लगानी प्रोत्साहित हुने गरि काम गर्ने प्रतिवद्धता जनाए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटो छिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए । उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउने सम्बन्धि कानून निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे । महासंघ कार्य समितिले सोमबार मुख्य सचिव अर्यालसँग भेट गरेको हो ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.