आईतवार, श्रावण १०,२०८३ 08:04:43
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 08:04:43
Bizshala
Global IME Bank Limited

घट्यो हवाई भाडा, कुन गन्तव्यका लागि कति ?

घट्यो हवाई भाडा, कुन गन्तव्यका लागि कति ?
New Office

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडादर घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी हरी क्षेत्रका विमानस्थलको हवाई भाडादर घटाएको हो ।  

नेपाल आयल निगमले गत भदौ १५ गते आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएसँगै प्राधिकरणले पनि हवाई भाडादरमा हेरफेर गरेको हो ।  

यससँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १३२ रुपैयाँ कायम भएको छ । हवाई भाडादर न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले घटाइएको छ ।  

भाडा घटाउन वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयान प्राधिकरणमा पत्र पठाएको थियो । प्राधिकरणले स्वीकृत गरेसँगै भाडा घटेको हो ।  

प्राधिकरणले सबैभन्दा बढी नेपालगन्जको भाडादर २६५ रुपैयाँले घटाएको छ । यस्तै सबैभन्दा कम सिमराको ४५ रुपैयाँले घटेको छ । सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुट(मा उड्ने वायुसेवाको इन्धन खर्च प्रति यात्रु प्रति मिनेट ७०.२१ रुपैयाँ खर्च हुने भएकाले सोही खर्चको अनुपातलाई हिसाब गरेर हवाई भाडा घटेको हो ।

काठमाण्डौबाट माउन्टेन फ्लाइटमा १७० रुपैयाँ, भद्रपुर १५० रुपैयाँ, विराटनगर १२० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १०५ रुपैयाँ, भोजपुर ४५ रुपैयाँ जुम्ला १६० रुपैयाँ, दाङ १३५ रुपैयाँ, रुकुम १४५ रुपैयाँ, रेसुङ्गा १०५ रुपैयाँ र काठमाडौं–जोमसोम १ सय रुपैयाँ भाडादर घटेको छ ।

नजिकिंदो चाडपर्वसँगै मानिसको हवाइ यात्रा समेत बाक्लिने गर्छ । यहि समय भाडा घटाइँदा हवाइ यात्रुलाई राहत मिल्ने भएको छ ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.