बुधबार, श्रावण ६,२०८३ 10:39:55
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:39:55
Bizshala
Global IME Bank Limited

इको प्यानल नेपालको आयोजनामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

इको प्यानल नेपालको आयोजनामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीहरुको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ २५ गते भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।  

उक्त कार्यक्रममा तुलनात्मक रुपमा महँंगा भए पनि विदेशबाट आयातित वस्तु भन्दा स्वदेशमै बनेका वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको आयोजकले जनाएको छ ।  

नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका संस्थापक अध्यक्ष मोहन कटुवालले नेपाल सरकारले १५ प्रतिशत बढी महँंगो भए पनि नेपालमै बनेका बस्तुको प्रयोगमा जोड दिएको र अब यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा बताए ।  

इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत(सिईओ) कृष्णभक्त दुवालले आफुहरुले उत्पादन मात्रै नभई उत्पादनका लागि आवश्यक ९० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरिरहेको बताए ।  

उनले नयाँं आधुनिक निर्माण सामाग्रीको अनुसन्धान गर्दै इको प्यानलले आफ्नो उत्पादन गरिरहेको बताए ।  

इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने सामाग्री निर्माण  गर्ने कम्पनी हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.