शनिबार, बैशाख १३,२०८२ 05:07:30
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:07:30
IME remit
Global IME Bank Limited

प्रभु र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

Hyundai Nepal
प्रभु र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.४२ प्रतिशत र निर्जीवन बीमा समूह १.२८ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । प्रभु इन्स्योरेन्सको सेयरभाउ ०.२८ प्रतिशतले बढेर १०१३.८० रुपैयाँ र एनएलजी इन्स्योरेन्सको सेयरभाउ ०.०८ प्रतिशतले बढेर १३२६.१० रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

कम्पनीको सेयरभाउ ३.२६ प्रतिशतले घटेर ८९० रुपैयाँ कायम भएको छ । यसका साथै शिखर इन्स्योरेन्सको २.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.६७ प्रतिशत, हिमालयन लाइफको २.२० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.१३ प्रतिशत, सन नेपाल लाइफको १.९५ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.८० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.७६ प्रतिशत, नेशनल लाइफको १.७२ प्रतिशत, रिलायबल नेपाल लाइफको १.७१ प्रतिशत, सुर्यज्योति लाइफको १.६५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.६४ प्रतिशत, एलआइसी नेपालको १.५४ प्रतिशत, नेपाल रि को १.४४ प्रतिशत, नेको इन्स्योरेन्सको १.३१ प्रतिशत, युनाइटेड अजोडको १.२८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९४ प्रतिशत, नेपाल लाइफको ०.९४ प्रतिशत, हिमालयन एभरेष्टको ०.८४ प्रतिशत, आरबीसीएलको ०.७४ प्रतिशत, आइएमई लाइफको ०.५३ प्रतिशत, सिटिजन लाइफको ०.४५ प्रतिशत, सानिमा जिआइसीको ०.४२ प्रतिशत र एशियन लाइफको ०.१४ प्रतिशतले सेयरभाउ घटेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.