शनिबार, बैशाख १३,२०८२ 08:30:23
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 08:30:23
IME remit
Global IME Bank Limited

कृषि विकास बैंकद्वारा विद्यालयलाई स्यानीटरी प्याड तथा सोको भेण्डिङ्ग मेशिन प्रदान

Hyundai Nepal
कृषि विकास बैंकद्वारा विद्यालयलाई स्यानीटरी प्याड तथा सोको भेण्डिङ्ग मेशिन प्रदान
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंकले तनहुँको विद्यालयलाई स्यानीटरी प्याड तथा सोको भेण्डिङ्ग मेशिन लगायत विविध शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

बैंकले भानु नगरपालिका–८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयका छात्राहरुको नियमित पठनपाठनमा सहजताको निम्ति हिजो भदौ १८ गते उक्त सामग्रीहरु वितरण गरेको हो । काठमाण्डौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले कृषि बिकास बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगबाट उक्त सामग्रीहरु वितरण गरिएको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

काठमाण्डौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा बीबीए अध्ययनरत उन्नती जोशी, समिक्षा घिमिरे, रोजिका थापा र आर्जु जोन्छेको सक्रियतामा उक्त विद्यालयका छात्राहरुका निम्ति सो सहयोग गरिएको बैंकले जनाएको छ ।  

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भानु–८ का वडा अध्यक्ष ईश्वर बहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आस हहादुर घिमिरे, कृषि बिकास बैंक लिमिटेड डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक राम चन्द्र बास्तोला, विद्यालयका शिक्षकहरु, अभिभावकहरु, शिक्षाप्रेमी तथा समाजसेवी व्यक्तिहरुको सहभागिता रहेको थियो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.