शनिबार, श्रावण ३,२०८२ 05:02:40
  • शनिबार, श्रावण ३,२०८२ 05:02:40
Global IME Bank Limited

भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति भारु.६.४० लाख करोडले वृद्धि

Hyundai Nepal
भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति भारु.६.४० लाख करोडले वृद्धि
Shivam Cement

काठमाण्डौ । भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजको इन्ट्रा डे कारोबारमा भारतको सेयर बजार मापक इनडेक्स सेन्सेक्स र निफ्टी५० अल टाइम हाईको विन्दुमा पुगेका हुन् ।  

इन्ट्रा डे कारोबारमा आज सेन्सेक्स इनडेक्स बढेर ८३ हजार ११६ को विन्दुमा पुगेको थियो भने निफ्टी५० पनि २५ हजार ४३३ विन्दुमा पुगेको थियो । यो विन्दु हालसम्मकै उच्च हो ।  

Muktinath Bikas Bank Limited

तथापी अन्तिममा भने सेन्सेक्स १.७७ प्रतिशत र निफ्टी १.८९ प्रतिशतले बढेर क्रमशः ८२ हजार ९६२ र २५ हजार ३८८ विन्दुमा बन्द भएका छन् ।  

आजको कारोबारमा मेटल,आईटी,अटो र बैंक जस्ता सेक्टरमा धेरै वृद्धि देखिएको छ । निफ्टीको मेटल इन्डेक्स २.९१ प्रतिशत, अटो २.१४ प्रतिशत,आईटी १.६० र बैंक १.४९ प्रतिशतले बढेका छन् । भारतको सेयर बजारमा आएको यो वृद्धिका कारण आज भारतीय लगानीकर्ताको सम्पत्ति ६.४० लाख करोड भारुले बढेको छ । बम्बे स्टक एक्सचेञ्जको बजार पूँजीकरण आज ४,६०७६,१५० करोड भारु पुगेको छ ।    

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.