Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता, विद्यार्थीहरुलाई सेयर तालिम दिइने

Global IME Bank Limited
सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता, विद्यार्थीहरुलाई सेयर तालिम दिइने
Nabil Bank Limited

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।  

सम्झौता माघ २६ गते शुक्रबारका दिन एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । ‘सन नलेज पार्टनरशिप’ कार्यक्रमअन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्नपक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।  

यस सम्झौताअन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथ ैब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।  

साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयक्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्नेछ ।  

सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मी र  सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.