बिहीबार, असार ११,२०८३ 07:55:35
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:55:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता, विद्यार्थीहरुलाई सेयर तालिम दिइने

Laxmi Sunrise Bank Limited
सन सेक्युरिटिज र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता, विद्यार्थीहरुलाई सेयर तालिम दिइने

काठमाण्डौ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।  

सम्झौता माघ २६ गते शुक्रबारका दिन एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । ‘सन नलेज पार्टनरशिप’ कार्यक्रमअन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्नपक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।  

New Office
CG Motors
Garima Development Bank

यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ ।  

यस सम्झौताअन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथ ैब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ ।  

साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयक्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्नेछ ।  

सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मी र  सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.