बिहीबार, श्रावण ७,२०८३ 08:27:08
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:27:08
Bizshala
Global IME Bank Limited

बर्जर पेन्ट्सले ल्यायो चार्डपर्वलक्षित ‘नगदउत्सव’ अफर, रु. १ लाखसम्म जित्ने मौका

बर्जर पेन्ट्सले ल्यायो चार्डपर्वलक्षित ‘नगदउत्सव’ अफर, रु. १ लाखसम्म जित्ने मौका
New Office

काठमाण्डौ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ।

बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, 'चाडपर्व भनेको परिवारलाई एकैठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रङ्ग्याउनुजस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन । यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौं । हामीलाई विश्वास छ कि चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिनेछ।'  

यो योजना बर्जर सिल्कब्रीदइजी, सिल्क ग्ल्यामर ग्लो, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजीक्लिन फ्रेश, इजी क्लिन, वेदरकोट लङ्गलाईफ, वेदरकोट अलगार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागू हुनेछ।  

घरनीहरुले यस योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.