शुक्रबार, जेष्ठ १,२०८३ 05:18:08
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:18:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

'कथित विश्लेषक'ले बजारको माहौल बिगारेपछि सेबोनमा उजुरीमाथि उजुरी, नियामककै भूमिकामाथि पनि प्रश्न !

Laxmi Sunrise Bank Limited
'कथित विश्लेषक'ले बजारको माहौल बिगारेपछि सेबोनमा उजुरीमाथि उजुरी, नियामककै भूमिकामाथि पनि प्रश्न !
Shivam Cement

काठमाण्डौ । सामाजिक सञ्जालका विभिन्न आईडी प्रयोग गरी बजार घटाउने गिरोह तथा व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गर्दै धितोपत्र बोर्डमा उजुरी परेको छ ।  

सेयर बजारका केही लगानीकर्ताहरुले पछिल्लो समय फेसबुक, क्लब हाउस, भाईबर, ह्वाट्सअपजस्ता विभिन्न सामाजिक सञ्जालमा सक्कली र नक्कली आईडीबाट केही विज्ञ भनाउँदाहरुले लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्ने खेल गर्दा समेत नियामक धितोपत्र बोर्ड मौन देखिएको भन्दै उजुरी दर्ता गराएका हुन् । 

Bizshala
New Office
CG Motors

सुरज खड्का, रुपा मानन्धर, पुरुषोत्तम कँडेल, कृष्णकुमार खड्का र खोमनाथ प्याकुरेलको संयुक्त नामबाट सोमबार बोर्डमा दर्ता भएको उजुरीको दर्ता नम्बर ३११२ हो ।  

उजुरीमा धितोपत्र बोर्डकै भूमिकामाथि पनि प्रश्न उठाइएको छ । 

बजार प्रभावित हुने गरी खुलेआम गैरकानूनी गतिविधि हुँदा समेत धितोपत्र बोर्डले छानबिन र कारबाही गर्नतर्फ चासो नदिएकोमा लगानीकर्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।  

उजुरीमा सेयर बजारका विश्लेषक भनाउँदाहरुले जथाभावी पोष्टहरु प्रकाशित गर्ने गरेका, बजारलाई अंक नै तोकेर घट्ने र बढ्ने भन्दै लगानीकर्तालाई उक्साउने गरेको, सूचीकृत कम्पनीबाट सम्वेदनशील सूचना चुहिने गरेको, आम लगानीकर्तालाई सूचनाको हक प्रयोग गर्दा समेत नदिने सूचना कतिपय कम्पनीका सञ्चालक, कर्मचारी तथा जिम्मेवार अधिकारीहरुले खेलाडीलाई दिई कर्नरिंग गर्न सहयोग गर्ने गरेका विषय उठाइएको छ ।  

पछिल्लो समय केही प्राविधिक विश्लेषकहरुले विभिन्न चार्टहरु राखेर तोकेरै नेप्से यति बढ्छ र यति घट्छ भन्दै आएका छन् । लगानीकर्ता समेत त्यस्तै विश्लेषकको पछि लाग्दा ३००० विन्दूमा पुगेको बजार निरन्तर घटेर २५०० को लाइनमा झरिसकेको छ । बुलिस प्रवृतिमा कुदेको बजारमा एकाएक बियरिस अवस्था देखिएपछि र लगानीकर्ताको अरबौं सम्पत्ति गुमेपछि पीडितहरु नै दोषीलाई कारबाही गराउन तातेका हुन् । 

Garima Development Bank
Shivam Cement
IME remit

‘केही व्यक्तिहरुले सामाजिक सञ्जाल प्रयोग गरी आम सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने नक्कली तथा सक्कली नामबाट खोलिएका आईडीहरुबाट गलत कुरा प्रवाह गरी लगानीकर्ताको स्वतन्त्र निर्णय गर्ने अधिकार र समग्र पूँजीबजारलाई समेत बाधा परेको हुँदा प्रचलित नियम, कानून र धितोपत्र बोर्डको क्षेत्राधिकार प्रयोग गरी तत्काल कडा कारबाही गर्नु आवश्यक हुन गएको छ ।’ उजुरीमा भनिएको छ–‘सामाजिक सञ्जाल फेसबुक, भाईबर, ह्वाट्सअप, क्लब हाउस लगायतबाट सेयर बजारको सूचक यतिले घट्छ र यतिले बढ्छ भनी अफवाह फैलाउने, कुनै कम्पनीको सेयरभाउ नै तोकेर यति पुर्याउँछु र उति पुर्याउँछु भनी लेखेर वा बोलेर लगानीकर्ताहरुलाई म्यानुपुलेसन गरी खरीद वा बिक्री गर्न उक्साउनेहरु पहिचान गरी तत्काल कारबाही गरिपाउँ ।’

फेक आइडी बनाएर सेयर बजारका बारेमा अफवाह फैलाउने, किन्न वा बिक्री गर्न उक्साउनेहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको सहयोग लिएर पहिचान गरी प्रचलित कानूनअनुसार कारबाहीको दायरामा ल्याउन समेत माग गरिएको छ ।  

‘लगानीकर्तालाई भ्रममा पारी कुनै कम्पनीको गोप्य सूचनामा आधारित भई लगानीकर्ताहरुलाई सेयर किन्न वा बेच्न उक्साउने र भड्काउनेहरु पहिचान गरी कारबाही गरिपाउँ ।’ अर्को बुँदामा भनिएको छ ।  

अरु देशको धितोपत्र बजारमा सेयर बजार सम्बन्धी विश्लेषण प्रस्तुत गर्न नियमनकारी निकायबाट अनुमति लिएकोले मात्र पाउने प्रबन्ध रहेकोमा नेपालमा त्यस बोर्डबाट कोही कसैलाई सेयर बजारको सूचक र कुनै कम्पनी बारेमा टेक्निकल र फण्डामेन्टल विश्लेषण गर्न अनुमति दिइएको भए सो समेत सार्वजनिक रुपमा जानकारी गराइदिने बोर्डलाई आग्रह गरिएको छ ।  

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१ देखि दफा १०० सम्मको कसूर गर्नेहरुको पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने दायीत्व नेपाल धितोपत्र बोर्डको हो भन्ने समेत लगानीकर्ताले उजुरीमा स्मरण गराएका छन् । सो ऐनको सम्बन्धित दफाअनुसार भइरहेका कारबाहीहरुको विषयमा समेत सार्वजनिक जानकारी गराउन धितोपत्र बोर्डलाई आग्रह गरिएको छ ।  

धितोपत्र बजार सुधार र बिस्तारका लागि बोर्डले गरिरहेका र गर्न लागेका कामहरु पनि तत्काल सार्वजनिक गर्न लगानीकर्ताले आग्रह गरेका छन् ।  

आफ्नो उजुरी बुझ्दै धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले मागबमोजिम तत्काल बजारमा चलखेल गर्ने तथा गैरकानूनी हर्कत गर्नेहरुलाई पहिचान गरी कारबाही गर्ने आश्वासन दिएका थिए । डा. अधिकारीले आफूहरुलाई सोमबार साँझसम्ममै यस्ता गतिविधि नगर्न भनी बोर्डले सार्वजनिक सूचना(विज्ञप्ति) जारी गर्ने बताएका थिए । तर, यो समाचार तयार पार्दासम्म बोर्डले त्यस्तो कुनै सूचना वा विज्ञप्ति निकालेको छैन । यसबाट समेत धितोपत्र बोर्ड स्वयम् नै बजारमा हुने चलखेल र गैरकानूनी हर्कत रोक्न इच्छुक छैन भन्ने देखिन्छ ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, आज नै सोही व्यहोराको अर्को उजुरी समेत बोर्डमा परेको छ । सोमबार नै ३१०३ नम्बरमा दर्ता भएको उजुरीमा लगानीकर्ताले धितोपत्र बोर्डले आफ्नो जिम्मेवारी निर्वाह नगरे अन्य निकायमा उजुरी गर्ने चेतावनी समेत दिइएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.