Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सोल्टी होटलले कमायो २६.३१ करोड नाफा,आम्दानी १.५ अर्ब

Global IME Bank Limited
सोल्टी होटलले कमायो २६.३१ करोड नाफा,आम्दानी १.५ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । सोल्टी होटल लिमिटेडको मुनाफामा ४.६४ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

होटल र पर्यटकीय व्यवसायमा आएको साुधारका कारण कम्पनीको आम्दानीमा राम्रो सुधार देखिएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको त्ुलनामा ९.४४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६५ करोड ३८ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ७३ करोड २८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले कर्जाको मात्रा उल्लेख्य रुपमा कम गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५ करोड १० लाख रुपैयाँ कर्जाको मात्रा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ड अर्निङको आकार पनि १ अर्ब १३ करोडबाट बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँबाट बढेर २.९७ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर  नेटवर्थ २६.७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४.४३ रुपैयाँ,पिई अनुपात १६०.७२ गुणा र चालु अनुपात १.४१ गुणा कायम भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.