Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बेजोसले बेचे अमेजनको २ अर्ब डलरबराबरको १.२ करोड कित्ता सेयर, १ वर्षमा ५ करोड कित्ता बेच्ने योजना

Global IME Bank Limited
बेजोसले बेचे अमेजनको २ अर्ब डलरबराबरको १.२ करोड कित्ता सेयर, १ वर्षमा ५ करोड कित्ता बेच्ने योजना
Nabil Bank Limited

काठमाण्डौ । अमेजनका संस्थापक तथा विश्वका धनाढ्य जेफ बेजोसले कम्पनीको १.२ करोड कित्ता सेयर बिक्री गरेका छन् ।  

यो सेयरको मूल्य २ अर्ब डलर हुन आउँछ । बेजोसले यो सेयर गत बुधबार बिक्री गरेका थिए । सन् २०२१ पनि बेजोसले पहिलोपटक कम्पनीको सेयर बिक्री गरेका  हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत फेब्रुअरी २ मा अमेजनले जेफ बेजोसले अगामी १२ महिनाको अवधिमा ५ करोड कित्ता सेयर बिक्री गर्ने जनाएको थियो । यो सेयरको बजार मूल्य करीब ९ अर्ब डलर  हुन आउँछ । कम्पनीका प्रतिवेदनका अनुसार सेयर बिक्री गर्ने योजना गत नोभेम्बर ८ मा सुरु भएको थियो र यो योजना सन् २०२५ जनवरी २१ सम्म पुरा हुनेछ ।  

बेजोसले सन् २००२ देखि २०२१ सम्म ३० अर्ब डलर मूल्यबराबरको सेयर बिक्री गरेका छन् । उनले सबैभन्दा धेरै सेयर सन् २०२० र २०२१ मा बिक्री गरेका थिए । यी दुवै वर्षमा उनले कुल २० अर्ब डलर मूल्यबराबरको सेयर बिक्री गरेका थिए ।  

बेजोसले अमेजनको सुरुवात इन्टरनेटमा किताब बेचेर सुरु गरेका थिए र अहिले कम्पनीलाई  सफलताको शिखरमा पुर्याएका छन् । उनी विश्वको तेस्रो धनाढ्य हुन् । उनको नेटवर्थ १९६ अर्ब डलरबराबर छ ।  


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.