Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेप्सेमा दोहोरो अंकको करेक्सन,जानकार भन्छन्,‘ट्रेडर हाबी हुँदा घट्यो बजार

Global IME Bank Limited
नेप्सेमा दोहोरो अंकको करेक्सन,जानकार भन्छन्,‘ट्रेडर हाबी हुँदा घट्यो बजार
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको करेक्सन भएको छ । आज नेप्से परिसूचक १०.५० अंक अर्थात ०.५० प्रतिशतले घटेर २ हजार ८२.८२ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०२ प्रतिशतले घटेर ३७४.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड ५लाख ७१ हजार १९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार मेहश रिजाल भन्छन,‘अघिल्लो साता लगातार बढेको बजारमा नाफा बुकका कारण करेक्सन आएको हो । अब छिट्टै मौद्रिक नीतिको समीक्षा आउँदैछ । फागुनबाट ब्याजदर पनि घटेर आउने देख्निछ । यहि कारण एक दुईदिनमा बजार सम्हालिन सक्छ । ’

उनका अनुसार विदेशी लगानी पनि सहज बन्दै गएकोले बजारमा सकारात्मक परिणाम देखिन सक्छ ।  

अर्का बजार जानकार निमानन्द कंडेल भन्छन्,‘आज सुरुवातमा बढेको बजार अन्तिम समयसम्म टिक्न सकेन । गभर्नर फेरी बिदामा बस्ने समाचार आएपछि मौद्रिक नीतिको समीक्षा तत्काल नआउने आँकलन गरेर केहि अल्पकालिन ट्रेडरहरुले सेयर बिक्री गर्दा बजार घटेको हो ।’

बजार घटेतापनि डराईहाल्नुपर्ने अवस्था नरहेको कंडेलको धारणा छ ।  

आज १३ वटा समूहमध्ये ३ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबैमा रातो पोतिएको छ । आज विकास बैंक समूह ०.०९,हाईड्रो ०.२२ र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढे ।  

यो दिन उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै अर्थात २.८८ प्रतिशतको गिारवट आएको छ । बैंकिङ उपसूचक ०.७८ प्रतिशतले घटेको आज वित्त ०.५३,होटल १.५९,लगानी ०.२८,जीवन बीमा ०.२८,निर्जीवन बीमा ०.३९,अन्य ०.०२ र व्यापार उपसूचक १.५५ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज पनि हिमालयन रिको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ६२ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ ।  

त्यस्तै एनआरएनको १२ करोड ४ लाख हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख,एनआईसी एशिया बैंकको ८ करोड ३२ लाख र हाथवे इन्भेष्टमेन्टको ८ करोड २५ लाख रुपैयाँ बढीको सेयर कारोबा भएको छ ।      

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज समाज लघुवित्त र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । यी कम्पनीहरुको सेयरमूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढे ।  

त्यस्तै गरी त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ६.७१,दोर्दी खोला जलविद्युत कम्पनीको ५.०८ र मायाखोला हाइड्रोको सेयरमूल्य ४.९० प्रतिशतले बढ्यो ।  

आज युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक अर्थात ७.१४ प्रतिशतले घट्यो । यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ७.१३,गणपति लघुवित्तको ४.६६ र किसान लघुवित्तको सेयरमूल्य ४.४७ प्रतिशतले घटेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.