Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ग्राउण्ड जिरोः खेलाडीले चलाउँछन सेयर बजार, हिमालयन रि को सेयर बेच्न अनेक फण्डा

Global IME Bank Limited
ग्राउण्ड जिरोः खेलाडीले चलाउँछन सेयर बजार, हिमालयन रि को सेयर बेच्न अनेक फण्डा
Nabil Bank Limited

काठमाण्डौ । सधैको साता झै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा नबज्दै पुतलीसडकमा रहेको केही ब्रोकर हाउसमा पुगेका थियौ । सर्वप्रथम हामी श्वेता सेक्युरिटिज स्टक ब्रोकर नम्बर २५ मा  पुग्यौं । ब्रोकर हाउसमा फोनको घण्टी बजिरेहेको थियो । लगानीकर्ताहरुको उपस्थिति सामान्य थियो ।

त्यहाँ भेटिएका एक लगानीकर्ताले बजारमा अर्ब–अर्बमा खेल्ने ठूला खेलाडीहरुले चल खेल गर्ने गरेको बताए । उनीहरु नै घटाउँछन् उनीहरुले नै बढाउँछन् ।  उनले भने हामीले त बीचमा च्याखें थाप्ने मात्रै हो । ती लगानीकर्ता फेरी  हाँस्दै भने,‘बजार बढेको बेला त बेच्नु पर्छ । नत्र त फेरी घट्दा सेयर किन्ने पैसा नै हुन्न ।’ यसो भन्दै उनी उठेर ब्रोकरको ट्रेडिङ शाखातर्फ लागे । यस बेला सम्म दिनको १२ बज्दै थियो । कारोबार पनि करीब एक अर्ब नजिक पुगेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केही समयको बसाई पछि हामी अनामनगरमा रहेको प्रिमिएर सेक्युरिटिज  स्टक ब्रोकर न. ३२ मा पुग्यौं । यहाँ लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । लगानीकर्ताहरु बजार हेर्न मस्त थिए । यसै क्रममा ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने ‘हिमालयन रि– इन्स्योरेन्सको त बोनस र ८० प्रतिशत हकप्रदले पनि अझै पूँजी नपुग्ने रहेछ । उनी सँगै बसेका अर्का लगानीकर्ताले भने,‘दिन्छ कागज(हकप्रद तथा बोनस), लान्छ पैसा ।’

यस्तै ब्रोकरमा भेटिएका अर्का एक लगानीकर्ताले नबिल बैंक इतिहासमा नै सबैभन्दा तल आएको बताए । उनीसँगै बसेका एक लगानीकर्ताले भने,‘यही बैंकको सेयरबाट काठमाण्डौमा घर बनाउने पनि छन् । यो सेयर बजार पनि समय–समयको खेल रहेछ ।’

यस बेलासम्म दिनको एक बज्दै थियो । बजार समान्य अंकले तल माथि गर्दै थियो । एक लगानीकर्ताले बजार हेर्दै भने,‘बजारमा दम छैन । लगानीकर्ताहरुले म्रौद्रिक नीतिको समीक्षा कुरेका छन् । केही गरि अपेक्षा अनुसार म्रौद्रिक समीक्षा आएन भने त बजार यसै हुन्छ भन्न सकिन्न ।’

उनको भनाईमा समर्थन गर्दै उनीसँगै बसेका एक लगानीकर्ताले भने अब फागुन लाग्न थाल्यो । यो बेला पनि बजार बढेन भने, अर्को महिना चैतमा त फेरी ब्याज तिर्ने बेला पनि आयो ।’ उनी ब्याज तिर्दा तिर्दा आजित बनेको उनको बोलिबाट प्रष्टै हुन्थ्यो ।  

केही समयको बसाई पछि हामी सेक्योर्ड सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३६ मा पुग्यौं । यस बेला सम्म दिनको एक बजि सकेको थियो । बजार झिनो अंकले घट्न सुरु गरेको थियो । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ता अन्योलमा रहेको पाइयो  । उनले बजार केही समय साइडवेज नै जान सक्ने आँकलन गरे ।  

यहाँबाट हामी चार खालस्थित क्यापिटल म्याक्स सेक्युरिटिज स्टक ब्रोकर नम्बर ६२ मा पुग्यौं । यहाँ भने लगानीकर्ताहरुको उपस्थित राम्रै थियो । धेरै जसो लगानीकर्ताहरु आ–आफ्नो ल्यापटपमा बजारको उतारचढाव नियाल्न तल्लिन देखिन्थे । बजार  सामान्य अंकले बढेको थियो ।

यहाँ भेटिएका एक लगानीकर्ताले प्राविधिक रुपमा बजार  खासै बलियो नदेखिएको  र बजारमा ठूला खेलाडीले सेयर सप्लाई गरिहेको दाबी गरे । उनले डेटा देखाउँदै भने,‘अघिल्लो साता हिमालयन रिको उच्च भोल्युममा सेयर किनेको भृकुटी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५५ ले किनेको ८ लाख कित्ता सेयरमध्ये ५ लाख त बेचि सकेको छ ।’ उनले ट्रेडर फ्लोर सिट देखाउँदै भने,‘अब ३ लाख कित्ता मात्रै बेच्न बाँकी छ ।’ त्यही सेयर बेच्न हकप्रद र बोनसको  अनेक फण्डा हतार हतारमा ल्याएको पनि ती लगानीकर्ताले दाबी गरे ।  

उनले प्रश्न गर्दै भने,‘होइन भने हिमालयन रि लाई मात्रै हकप्रद ल्याउन किन हतार ?  

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.