शनिबार, असार २१,२०८२ 11:27:00
  • शनिबार, असार २१,२०८२ 11:27:00
Global IME Bank Limited

बजार घट्दा कारोबार बढ्यो, कसरी बुझ्ने प्राविधिक रुपमा ?

Hyundai Nepal
बजार घट्दा कारोबार बढ्यो, कसरी बुझ्ने प्राविधिक रुपमा ?
Nabil Bank Limited

काठमाण्डौ । आजको बजारमा कारोबारको सुरुवाति एक घण्टा बजार बढेको थियो । आज बजार  बढेर  २ हजार १०९ बिन्दुसम्म पुगेको बजार करिव १० अंकले घटेर अन्त्यमा २ हजार ८५  को बिन्दुमा बन्द भयो ।  

प्राविधिक रुपमा डेलीबेसमा आजको बजारलाई हेर्दा बोलिङगरको मध्य ब्यान्डमा प्रतिरोध सामाना गरेको देखिन्छ । बोलिङगर ब्यान्डमा नै आवरली बेसमा हेर्दा अपर ब्यान्डमा छोएर मध्य ब्यान्ड अर्थात २ हजार ८५ मा सपोर्ट लिएको देखिन्छ । आज अन्तिम समयमा बजार घट्दा कारोबार बढेको छ । यसले लगानीकर्ताहरुले केही नाफा बुक गरेको पनि देखिन्छ । म्याक्डी मार्फत हेर्दा करिब–करिब वियरिस क्रसओभर नजिक बजार पुगेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

तर यस्तो भईसकेको अवस्था भने होइन । हिस्टोग्राम सकरात्मक नै छन् । तर छोटा–छोटा हुँदै गएको अबस्था छ । आरएसआई पनि ६६  बाट खसेर हाल ४७ को न्युट्रल जोनमा रहेको छ । सम्रगमा तीन वटै इन्डिकेटरबाट हेर्दा अल्पकालको लागि बजारमा केही करेक्नस चल्दै गरेको देखिन्छ । 

आगामी दिनमा यदि बजार २ हजार ८० को बिन्दु  बाट तल झरेमा २ हजार ६० मा बलियो सपोर्ट लिन सक्ने देखिन्छ । त्यसैगरी बढेमा भने २ हजार १०८ मा प्रतिरोध समाना गर्न सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिसका लागि भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.