Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार

Global IME Bank Limited
हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ९९.७२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३० करोड १७ लाख रुपैयाँ थियो ।  

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १५४.६५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यो रकम ७८ करोड ३८ लाख रुपैयाँमा सीमित थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको खर्च पनि उल्लेख्य मात्रामा वृद्धि भएके छ । कम्पनीको कुल खर्च ८ढ.३४ प्रतिशतले बढ्दै १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म ७३ करोड १५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  

कम्पनीको कुल आम्दानी २ अर्ब ४६ करोड पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ९२.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ करोड ७१ लाख रुपैयाँ रहेको महाविपत्ती कोषको आका्र बढेर ७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार पनि ३ करोड ९३ लाखबाट बढेर ६९ करोड २८ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि ३५ करोड ८१ लाखबाट बढेर ७५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा पनि सुधार भएको छ । ईपीएस ८.६२ बाट बढेर १२.०५ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४७.३० रुपैयाँ र पीई अनुपात ४१.३१ गुणा कायम भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.