Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

फागुन महिनाका लागि घट्यो बैंकहरुको ब्याजदर,कुनले कति घटाए ?

Hyundai Nepal
फागुन महिनाका लागि घट्यो बैंकहरुको ब्याजदर,कुनले कति घटाए ?
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा तरलता अधिक भएसँगै वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका १८ वटा वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ७.७१ प्रतिशत कायम भएको छ ।  

गत माघ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ८.११ प्रतिशत थियो । यसरी फागुन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.३९० प्रतिशतविन्दुले घटेको छ ।  

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.७११ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.३८ प्रतिशतविन्दुले कम हो । माघ महिनामा संस्थागत तर्फ बैकहरुको औसत ब्याजदर ६.०९ प्रतिशत थियो ।  

Shivam Cement
Sagarmatha Cement

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक कृषि विकास बैंक रहेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ०.८१७ प्रतिशतले ब्याजदर घटाएको छ । माघ महिनामा बैंकको व्यक्तिगत मुद्दतितर्फ अधिकतम ७.२६ प्रतिशत ब्याज कायम थियो । फागुन महिनाका लागि भने बैंकले अधिकतममा ६.४४ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।  

नेपाल बैंक लिमिटेड

नेपाल बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतममा व्यक्तिगततर्फ ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । संस्थागतफर्त भने बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  

राष्ट्रिय वाणिज्य बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.७२ प्रतिशतविन्दुले कम हो ।  

प्रामइ कमर्सियल बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.४ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.७ प्रतिशतविन्दुले कम हो ।  

कुमारी बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.०१ र व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतविन्दुले कम हो ।  

एनआईसी एशिया बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.०६५ प्रतिशतविन्दुले कम हो ।  

प्रभु बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.५६५ प्रतिशतविन्दुले कम हो ।  

नेपाल इन्भेष्टमेन्ट बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.६ प्रतिशतविन्दुले कम हो ।  

सानिमा बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५१ र व्यक्तिगततर्फ ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.६४ प्रतिशतविन्दुले कम हो ।  

एमएमबी बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.५ र व्यक्तिगततर्फ ६.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.५ प्रतिशतविन्दुले कम हो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.६ र व्यक्तिगततर्फ ५.६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.५ प्रतिशतविन्दुले कम हो ।  

नेपाल एसबीआई बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१ र व्यक्तिगततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.१५ प्रतिशतविन्दुले कम हो ।  

नविल बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.७५ र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ०.३५ प्रतिशतविन्दुले कम हो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.३५ र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

माछापुच्छ्रे बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

एभरेष्ट बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

लक्ष्मी सनराइन बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।  

हिमालयन बैंक  

बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१५ र व्यक्तिगततर्फ ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ ।  बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.