मंगलवार, असार १७,२०८२ 01:50:56
  • मंगलवार, असार १७,२०८२ 01:50:56
Global IME Bank Limited

बजारमा खुलेआम चलखेल रोकिएन, खेलाडीलाई कारबाही गर्ने कसले ?

Hyundai Nepal
बजारमा खुलेआम चलखेल रोकिएन, खेलाडीलाई कारबाही गर्ने कसले ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा अन्तिम मिनेटमा सेयरको भाउ तलमाथि गर्ने खेल खुलेआम चल्न थालेको छ । यसअघि पनि एउटा ब्रोकरबाट नेपाल टेलिकमको सेयरमा पोजेटिभ सर्किट लगाएर अन्तिम मिनेटमा १५ अंक सम्मले बजार बढाइएको थियो ।  

टीएमएसमा नै करोडौ कित्ता खरिद अर्डर देखिने त कहिले टीएमएसले नै काम नगर्ने समस्या बारम्बार आउन थालेको छ । प्राय दिनभर नियमित कारोबार भएको बजारमा अन्तिम मिनेटमा सेयरको भाउ उचाल्ने र खसाल्ने अहिले सामान्यजस्तै र खुलेआम नै भएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

हिजो पनि अन्तिम मिनेटमा पिपुल्स पावरको सेयरको मूल्यमा एकैपटक ५० रुपैयाँले घटाउने काम भयो । अन्तिम समयमा ४२७ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयरभाउ ३७७ रुपैयाँमा झारिएको छ । यो भनेको करिब १२ प्रतिशतले गिरावट हो ।  

धितोपत्र ऐनअनुसार दोस्रो बजारमा कुनै पनि कम्पनीको सेयरभाउ एक पल्टमा २ प्रतिशत भन्दा तलमाथि गर्न पाइँदैन ।  

त्यसैगरी,  दिनभरको कारोबारमा १० प्रतिशतभन्दा तलमाथि गर्न पाइदैन । यी दुवै नियम बर्खिलाप गरेर केही समय देखि सेयर बजारमा चलखेल गर्ने काम निरन्तर बढेको छ । तर यस विषमा नियामक निकाय भने उदासीन देखिन्छ ।  

लगानीकर्ताहरुले उजुरी नै गर्दा पनि नियामकले खासै वास्ता गरेको देखिँदैन । धितोपत्र बोर्डमा सुपरिबेक्षण विभाग नै हुन्छ भने एक छुट्टै आइटी शाखा पनि रहेको हुन्छ । तर हालसम्म यस्ता कार्य गर्ने जोकोहीलाई पनि बोर्डले कारबाही अर्थात सामान्य चेतावनीसम्म गरेको दृष्टान्त छैन ।  

त्यसैगरी नेप्सेले पनि दोस्रो बजारमा हुने यस्ता बेथितिको विषयमा कुनै कदम उठाएको छैन । हामीले यस विषयमा बुझ्न खोज्दा धितोपत्र बोर्ड र नेप्सेका कुनै पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.