मंगलवार, असार १७,२०८२ 02:00:47
  • मंगलवार, असार १७,२०८२ 02:00:47
Global IME Bank Limited

तारागाँउ रिजेन्सीको नाफामा ७१.०७% को वृद्धि, आम्दानी र ईपीएसमा पनि सुधार

Hyundai Nepal
तारागाँउ रिजेन्सीको नाफामा ७१.०७% को वृद्धि, आम्दानी र ईपीएसमा पनि सुधार
Nabil Bank Limited

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जु गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद आम्दानी पनि १४.३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीको खुद आम्दानी ६२ करोड ४३ लाख रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको सञ्चालन खर्च ३१ करोड १८ लाख र प्रशासनिक खर्च ११ करोड ७२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५४ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ८६ करोड १० लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ३७ करोड र कुल चालु दायित्व १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.६३बाट बढेर ९.६३ रुपेयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३३.०८ बाट बढेर १४५.६४ रुपैयाँ  पुगेको छ । पीई अनुपात ९५.५७ गुणा रहेको कम्पनीको तरलता अनुपात १.९८ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.