मंगलवार, असार १७,२०८२ 05:33:50
  • मंगलवार, असार १७,२०८२ 05:33:50
Global IME Bank Limited

मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी, सेयर बजारका लागि के आउँदैछ नयाँ ?

Hyundai Nepal
मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी, सेयर बजारका लागि के आउँदैछ नयाँ ?
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आजै साँझ आउने सम्भावना देखिएको छ ।  

नीति तथा अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीतिलाई पारित गर्ने उद्देश्यले राष्ट्रबैंकले सञ्चालक समितिको बैठक आजै साँझ ५ बजेपछि बोलाएको छ । यदि आजको सञ्चालक समितिले मौद्रिक नीतिको समीक्षा पारित गरे आजै साँझ सार्वजनिक गरिने नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

स्रोतकाअनुसार मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पुग्ने गरी केही नीतिगत परिवर्तनहरु हुनसक्ने सम्भावना छ । मार्जिन प्रकृतिको कर्जा लगायतका कर्जाहरुको प्रवाह बढाउने गरी मौद्रिक नीति तयार भएकोले बोर्डबाट पास भएको खण्डमा केही लचक नीतिहरु आउनसक्छन् ।  

सेयर धितो कर्जाको जोखिम भार, सीमा लगायतका विषयमा समेत केही लचक व्यवस्था आउनसक्ने बताइएको छ । तर, यी सबै  विषय सञ्चालक समितिले पारित गर्नुपर्ने हुन्छ ।  

उत्पादनमूलक  लगायतका क्षेत्रमा कर्जा प्रवाह बढाउने गरी राष्ट्रबैंकले नीतिगत दरहरु पनि चलाउनसक्नेछ । निक्षेपको मात्र नभई कर्जाको ब्याजदर समेत अझै घटाउन सहयोग गर्ने हिसाबले केही नीतिगत व्यवस्था हुँदैछन् । ‘जसका कारण बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अधिक तरलताको सही व्यवस्थापन होस् र सुस्त बनेको आर्थिक गतिविधिमा प्राण भरियोस् ।’ स्रोतले भन्यो–‘बजारलाई थप चलायमान हुने गरी मौद्रिक नीतिको समीक्षा तयार गरिएको छ ।’  

अर्थतन्त्रको ब्याकबोन मानिएका रियल स्टेट र सेयर बजार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उच्च प्राथमिकतामा पर्नसक्ने देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.