IME remit
  • शुक्रबार, कार्तिक १४,२०८२ 02:47:02
IME remit
Global IME Bank Limited

बीवाईडी डल्फिनको स्टीयरिङ र बिएमएसमा देखियो गम्भीर समस्या, विश्वभरबाट ९७००० युनिट कार फिर्ता हुँदै, नेपालमा के हुन्छ ?

Hyundai Nepal
बीवाईडी डल्फिनको स्टीयरिङ र बिएमएसमा देखियो गम्भीर समस्या, विश्वभरबाट ९७००० युनिट कार फिर्ता हुँदै, नेपालमा के हुन्छ ?
Shivam Cement

काठमाण्डौ । नेपालमा निकै राम्रो व्यापार गरिरहेको विद्युतीय एसयूभी बीवाईडीमा गम्भीर समस्या देखिएको छ । समस्याको समयमै समाधान नहुने हो र बिक्री भएका गाडी फिर्ता नहुने हो भने बीवाईडीको डल्फिन र यूआन प्लस इभीहरुमा आगलागीको जोखिम उच्च रहेको देखिएको हो । यही जोखिमका कारण अन्तराष्टिय बजारमा निकै ठूलो संख्यामा बिक्री भइसकेका बीवाईडी कार फिर्ता हुने देखिएको सिएनएनले जनाएको छ ।  

 बजार नियामकलाई उद्धृत गर्दै केही घण्टाअघि सिएनएन विजिनेशमा प्रकाशित समाचारअनुसार बीवाईडीले चिनियाँ नियामकलाई जानकारी दिएको छ कि यसले लगभग ९७००० विद्युतीय सवारी साधनहरू(EVs) स्टीयरिङ कन्ट्रोल इकाइको निर्माणमा त्रुटिको कारणले गर्दा जुनसुकै बेला आगलागीको जोखिममा पर्नसक्छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

चिनियाँ अटोमेकरले नोभेम्बर २०२२ र डिसेम्बर २०२३ को बीचमा चीनमा उत्पादित डल्फिन र युआन प्लस विद्युतीय गाडीहरु फिर्ता गरिरहेको छ, स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसन (एसएएमआर)ले एक विज्ञप्ति जारी गर्दै जनाएको समाचारमा उल्लेख छ ।  

नेपालमा समेत यही अवधिमा उत्पादित गाडीहरु धेरै बिक्री भएका छन् । अहिले नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकसँग मौज्दात रहेका धेरै बीवाईडी एसयूभीहरु समेत यही अवधिमा निर्माण भएका छन् ।  

'बीवाईडीले टिप्पणीको लागि अनुरोधलाई तुरुन्तै प्रतिक्रिया दिएन।'-समाचारमा भनिएको छ । 

'कम्पनीले आफ्ना डिलरहरूलाई फिर्ता बोलाइएका कारहरूमा फिजिकल फिक्स स्थापना गर्न सोध्नेछ।'- कम्पनीको तर्फबाट सिएनएनलाई यत्ति मात्र भनियो ।  

यसले कुनै पनि प्रभावित ईभी निर्यात गरेको हो कि भनेर विस्तृत जानकारी दिएको छैन।

डल्फिन र युआन प्लस २०२३ मा बीवाईडीका धेरै बिक्री हुने दुई मोडलहरु थिए, जसले यस वर्ष विश्वभर बिक्री भएका ३० लाख युनिट बढी कारहरुको २६ प्रतिशत ओगटेको चाइना एसोसिएसन अफ अटोमोबाइल उत्पादकहरूको तथ्याङ्कमा देखिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

बीवाईडीद्वारा यसको शुद्ध इलेक्ट्रिक र प्लगइन हाइब्रिड कारहरूको रिकॉल एक दुर्लभ घटना हो किनभने चिनियाँ कम्पनीले त्यस्ता सवारीहरूको विश्वको सबैभन्दा ठूलो बिक्रेता बन्न द्रुत गतिमा वृद्धि गरेको छ।

यी कारहरुमा आगो निम्त्याउन सक्ने ब्याट्री प्याकमा गम्भीर त्रुटि देखिएको छ । कारको ब्याट्री म्यानेजमेन्ट सिस्टम निकै जोखिमपूर्ण र डरलाग्दो देखिएको छ भने ब्रेकिंग र स्टेयरिंग सिस्टममा समेत त्रुटिहरु फेला परेका छन् ।  

विश्वभरको बजारमा बिक्री भएका दुई मोडलमा गम्भीर समस्या देखिएको र नेपालमा समेत डल्फिन धेरै युनिट बिक्री भएकोले यहाँको बजारबाट समेत कार फिर्ता हुन्छ ? भन्ने विषयमा प्रतिक्रिया लिन खोज्दा नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी यमूना श्रेष्ठ सम्पर्कमा आउन चाहिनन् ।

नेपालमा अघिल्लो वर्षको १० महिनाको अवधिमा २ हजार बढी बीवाईडीका विद्युतीय कारहरु बिक्री भएका थिए । त्यसमा डल्फिनको संख्या समेत उल्लेख्य थियो । 

(सिएनएन बिजिनेशको सहयोगमा तयार समाचार)

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.