Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नेप्से पुनः२१ सय माथि,खुकुलो मौद्रिक नीति समीक्षाको अपेक्षा

Hyundai Nepal
नेप्से पुनः२१ सय माथि,खुकुलो मौद्रिक नीति समीक्षाको अपेक्षा
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १५.३३ अंक अर्थात ०.७३ प्रतिशतले बढेर २ हजार १०१.१६ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ३७५.९९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Sagarmatha Cement

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भुं) भन्छन्,‘आज वाणिज्य बैंकहरुले ब्याजदरमा गरेको कटौति र खुकुलो मौद्रिक नीतिको समीक्षा आउने आँकलनले बजार बढेको हो । ३ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतमा झरेको छ ।’

यो ब्याजदरमा एफडी ब्याजदर नविकरण गर्न फाइदा नहुने भएपछि लगानीकर्ता सेयर बजारप्रति आकर्षित भएको थापा बताउँछन् । उनले खुकुलो मौद्रिक नीति समीक्षाको आउने आशा व्यक्त गरे । ‘प्राविधिक रुपमा बजार अझै पनि करेक्सन प्याट्रनमै चलेको छ । यद्यपी बजार २० दिने मुभिङ एभरेजभन्दा माथि लागेमा बजार २५०० सम्म पुगन सक्छ ।’उनले भने ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि खुकुलो मौद्रिक नीतिको समीक्षा आउने र जोखिम भार घट्ने अपेक्षाका कारण बजार बढेको बताउँछन् । उनी भन्छन्,‘अहिले बैंक तथा वित्तीय संस्थामा साढे ६ अर्ब तरलता रहेको छ । त्यसैले कर्जा विस्तार हुने मौद्रिक नीतिको समीक्षा आउने देखिन्छ । ’

आज नेप्सेमा सूचीकृत सबै १३ वटा समूहमा अन्य समूहबाहेक सबै समूहमा हरियाली छाएको छ ।आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि भयो । यो समूह आज २.२२ प्रतिशतले बढ्यो ।  

त्यस्तै बैंकिङ समूह ०.०५,विकास बैंक ०.५६,वित्त १.१६,होटल ०.३६,हाईड्रो १.८३,लगानी १.२५,जीवन बीमा ०.३५,लघुवित्त ०.३२,म्युचुअल फण्ड ०.५४ निर्जीवन बीमा १.७० र व्यापार समूह ०.४४ प्रतिशतले बढेका छन् ।  

आज अन्य समूह ०.०५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात २३ करोड २ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन एनआरएनको १६ करोड ३० लाख,एनआईसी एशिया बैंकको १३ करोड ७७ लाख,नेपाल इन्स्यारेन्सको ११ करोड ३७ लाख र सोनापुर मिनरल्सको १० करोड २७ लाख बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । यो दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य ९.९९,चिरख्वा हाईड्रोको ९.९९,बलेफी हाईड्रोको ९.९८,जोशी हाईड्रोको ९.२९,दोर्दीखोला जलविद्युतको ८.५४,महुली लघुवित्तको ८.१२ र गुराँस लघुवित्तको सेयरमूल्य ८.१० प्रतिशतले बढेको छ ।  

आज ईमर्जिङ नेपालको सेयरमूल्यमा सर्वाधिक अर्थात ३.८६ प्रतिशतको गिरावट आएको छ ।    

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.