मंगलवार, असार १७,२०८२ 02:03:11
  • मंगलवार, असार १७,२०८२ 02:03:11
Global IME Bank Limited

फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुँदै

Hyundai Nepal
फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुँदै
Nabil Bank Limited

काठमाण्डौ । आगामी फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता हुनेछ ।  

कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रीत रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरु वत्ताको रुपमा रहनेछन । सुर्खेत, विरेन्द्रनगर स्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघिय सरकार, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरुबाट पनि सम्वन्धित मन्त्री र सचिवहरुलाई निमन्त्रणा गरिनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

कन्क्लेभमा ४ वटा महत्वपुर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन । यसैगरी नेतृत्वमा रहेका बिशिष्ट व्यत्तिहरुको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरुबाट कार्यक्रमको सुरुवात हुनेछ भने डिजिटल रुपान्तरणको प्रतिवद्धता र टेकअवेको रुपमा कार्यक्रमलाई समापन गरिनेछ ।  

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक सस्थाहरुले जानकारी दिएका छन । २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रतिवद्धता छ । 

राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानिय उत्पादन, कृषी, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिनेछ । नेत्तृत्वमा बस्ने र नीति निमार्णमा पनि डिजिटल बुझाईको ग्याप रहेको हुदा कन्क्लेभले डिजिटल साक्षरतामा पनि जोड दिने मन्त्रालयले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.