शनिबार, फाल्गुन २,२०८२ 05:46:19
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 05:46:19
Bizshala
Global IME Bank Limited

नेष्डो समृद्ध लघुवित्तद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी

नेष्डो समृद्ध लघुवित्तद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी
Shivam Cement

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो ।  

संस्थाले स्व.आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व. मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी गरेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

स्व. आरती विश्वकर्मा २०६९ पुष १७ गते संस्थामा आबद्ध भएकी थिइन् । उनले संस्थाबाट ३ लाख ४० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । त्यसमा निजको किरिया खर्च वापत ३४ हजार रुपैयाँ र बीमा रकम ३ लाख ४० हजार रुपैयाँ गरी कुल ७ लाख १४ हजार रुपैयाँमा उनले तिर्न बाँकी २ लाख ६० हजार रुपैयाँ कटौती गरी ५ लाख ४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको विरौटा शाखा प्रमुख लक्ष्मी गाहाले बताईन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, संस्थाले स्व.मैया सार्कीको निधनपछि उनको हकवालालाई बीमा दाबी वापत ६७ हजार ५६४ रुपैयाँ भुक्तानी गरेको छ । स्व. सार्की २०७० असोज २२ गते संस्थामा आबद्ध  भएकी थिइन् । उनले संस्थाबाट कुल १० हजार रुपैयाँ कर्जा लिएकी थिइन् ।  

संस्थामा उनले ५८ हजार ८०० रुपैयाँ बचत गरेकी थिइन् । त्यसमा बीमा वापत १० हजार रुपैयाँ र किरिया खर्च वापत १ हजार रुपैयाँ गरी कुल ५९ हजार ८०० रुपैयाँमा उनले तिर्न बाँकी रहेको १७१२ रुपैयाँ कटौती गरी कुल ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको गाहाले बताईन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.