काठमाण्डौ । फेसबुकको कम्पनी मेटाका सीईओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गले जेफ बेजोस र बर्नार्ड अर्नाल्डलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।
जुकरबर्गको सम्पत्ति २११ अर्ब डलर पुगेको छ । टेस्लाका सीईओ एलन मस्क भने २६३ अर्ब डलरका साथ धनाढ्यको सूचीको पहिलो स्थानमा छन् । यस्तै सूचीको तेस्रो स्थानमा जेफ बेजोस रहेका छन् । उनको कुल सम्पत्ति २०९ अर्ब डलर रहेको छ ।
एलभीएमएचका सीईओ अर्नाल्ड विश्वको चौथो धनी बनेका छन् । उनको सम्पत्ति १९३ अर्ब डलर रहेको छ ।
सन् २०२४ मा मार्क जुकरबर्गको नेटवर्थ ७८.१ अर्ब डलरले बढेको छ । यसका साथै जुकरबर्ग २०० अर्ब डलरमा प्रवेश गरेका छन् । यो क्लबमा मस्क र बेजोस समेत छन् । सम्पत्तिमा आएको गिरावटका कारण यो क्लबबाट अर्नाल्ड भने बाहिरिएका छन् ।
यो वर्ष मेटा कम्पनीको सेयरमूल्यमा ७२ प्रतिशतको बढोत्तरी आईसकेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५९५.९४ डलरको रेकर्डतोड स्तरमा पुगेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                