काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा आज कम्पनीको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
उक्त सभाले सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
यस्तै, नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटलसहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ लाभांश अनुरुप पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्वद्ध दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।
वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयरधनीहरुको तर्फवाट डा. भिष्म कार्की र दिवेश लोहनी सञ्चालमा निर्विरोध निर्वाचित भएका छन् ।
यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको चुक्तापूँजी रु. ४ अर्ब ६४ करोड पुगको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                