शुक्रबार, जेष्ठ १,२०८३ 04:01:47
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:01:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेडिकेयर हस्पिटलले सेयर स्पिल्ट गरी प्रिमियममा आईपीओ जारी गर्ने, १५% लाभांश प्रस्ताव

Laxmi Sunrise Bank Limited
मेडिकेयर हस्पिटलले सेयर स्पिल्ट गरी प्रिमियममा आईपीओ जारी गर्ने, १५% लाभांश प्रस्ताव
Shivam Cement

काठमाण्डौ । आईपीओ निश्कासनको तयारीमा रहेको मेडिकेयर हस्पिटल लिमीटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  

कम्पनीले आर्थिक वर्ष २०८०-८१ को मुनाफा तथा सञ्चित रकमबाट चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयसहितका अजेण्डा राखी वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । 

Bizshala
New Office
CG Motors

अस्पतालको असोज १७ गते बसेको सञ्चालक समितिको २६९ औं बैठकले २०८१ कात्तिक १९ गते २७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटलमा बिहान ११ बजेदेखि सभा बोलाइएको छ ।  

सभामा चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने ६ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव अनुमोदन हुनेछ । 

Garima Development Bank
Shivam Cement
IME remit

सभामा १०० रुपैयाँ अंकित दरको सेयरलाई रु. ५० मा विभाजन(सेयर स्पिल्ट) गरी प्रबन्धपत्र र नियमावलीको संसोधन गर्ने, त्यसपछि कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।  

यस्तै, आईपीओ बिक्रीपछि प्राप्त हुने पूँजीको उपयोगिताको सम्बन्धमा छलफल हुने अजेण्डा राखिएको सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको कतिपय व्यवस्था संसोधन, महिला सञ्चालकको व्यवस्था लगायतका विषय समेत पेश हुने कम्पनीबाट जारी सूचनामा उल्लेख छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X