सोमबार, आश्विन १२,२०८३ 02:46:33
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 02:46:33
Bizshala
Global IME Bank Limited

अपि पावर कम्पनीको मुख्य लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने

Bizshala
अपि पावर कम्पनीको मुख्य लगानी रहेको सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने
New Office

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  

आईपीओ निष्कासनको लागि कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

  आईपीओ निश्कासनको लागि सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष सतिश न्यौपाने र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा आज हस्ताक्षर गरेका छन् ।    

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले १०० अंकित दरका २० लाख  कित्ताले हुन आउने रकम २० करोडको आईपीओ निष्कासन गर्नेछ ।  

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित अप्पर तादी खोला हाईड्रोपावर प्रोजेक्टमा ११ मे.वा. क्षमताको विद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनाको कूल लागत २ सय २० करोड रहने र आयोजनाको लागि आवश्यक ऋण  १ सय ३५ करोड नेपाल एस.वि.आई बैंकको एकल लगानीबाट सम्पन्न भएको छ । यस कम्पनीमा अपि पावर कम्पनीले बहुमत शेयरमा लगानी भएको छ । आयोजनामा फ्रल्वेल इनर्जे भारतको अत्याधुनिक इलेक्ट्रोमेकानिक समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट लाईनबाट ८ किलोमिटर टाढा रहेको समुन्द्रटार सवस्टेशनमा जडान गरि सो विद्युत मातातिर्थ, काठमाण्डौ ल्याइनेछ ।

यस समुहबाट प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० भन्दा बढि विद्युत उत्पादन गरि राष्ट्रको नविकरणीय उर्जा उत्पादनमा योगदान पुर्याएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.