Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन आजदेखि, कति पाइन्छ ब्याज ?

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र निष्कासन आजदेखि, कति पाइन्छ ब्याज ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले अजदेखि ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार कित्ता भएको १० वर्षे अवधिको ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात २४ लाख २४ हजार इकाइ व्यक्तिगत तवरबाट(५ प्रतिशत अर्थात ८० हजार ८ सय इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोसहित) र बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।  

Shivam Cement
Sagarmatha Cement

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।  

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।      

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.