शनिबार, श्रावण ३,२०८२ 05:15:52
  • शनिबार, श्रावण ३,२०८२ 05:15:52
Global IME Bank Limited

भारतबाट पाइप लाइनमार्फत पेट्रोल आयात सुरु

Hyundai Nepal
भारतबाट पाइप लाइनमार्फत पेट्रोल आयात सुरु
Shivam Cement

काठमाण्डौ । नेपालमा भारतबाट पाइप लाइनमार्फत पेट्रोल आउन सुरु भएको छ । यसअघि डिजेल मात्र पाइप लाइनबाट पेट्रोल आउने गरेकोमा अब पेट्रोल पनि पाइन लाइबाट आउन सुरु गरेको हो ।  

Muktinath Bikas Bank Limited

आयल निगमले गत शुक्रवार र शनिवार गरी दुई दिन पेट्रोल ल्याएको छ । निगमले पहिलो लटमा ५ लाख लिटर पेट्रोल पाइप लाइनमार्फत नेपाल ल्याएको हो। उक्त पेट्रोलको गुणस्तर जाँचका लागि आईओसीमा नमुना पठाइएको छ । ब्याच फर्मेसन टेस्टको क्वालिटी कन्ट्रोल (क्युसी) पास भएपछि पाइप लाइनबाट नियमति रुपमा पेट्रोल आयात गरिनेछ ।  

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म विस्तार भएको अन्तर्देशीय पाइपलाइन ४ वर्षअघि सञ्चालनमा छ। त्यसमा डिजेल ल्याउने गरिएको थियो।  पहिलो चरणको कार्यअन्तर्गत भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ। दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल आयात भएको हो ।  

दोस्रो चरणको परियोजनाका लागि निगम र भारतको आइओसीले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता गरेका थिए ।  जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एकरएक वटा ट्याङ्कको लागत व्यहोर्ने सम्झौता भएको थियो ।  

भारतीय पक्षले मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क निर्माण गर्ने सम्झौता भएको थियो । पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतले २ अर्ब भारु खर्च  गरेको थियो । तर दोस्रो चरणको काममा भएको ढिलाईका कारण पाइप लाइन विस्तारको लागत बढेर १ अर्ब ५४ करोड भारु पुगेको छ ।  

निगमले भने एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वधार निर्माण गर्ने सम्झौता भएको थियो । यो आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेलको आयात पाइपलाइनबाटै हुनेछ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.