Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अपर तामाकोशी हाईड्रोपावर २५.७६ करोड घाटामा,रिटेन्ड अर्निङ ७.५७ अर्बले ऋणात्मक

Global IME Bank Limited
अपर तामाकोशी हाईड्रोपावर २५.७६ करोड घाटामा,रिटेन्ड अर्निङ ७.५७ अर्बले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार कम्पनीले २५ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत वर्षको सोहि अवधिको तुलनामा ६८.७६ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको घाटा ८२ करोड ४८ लाख रुपैयाँ थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको वृद्धिका कारण घाटामा कमी आएको हो । कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ५ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत अवर्षको सोहि अवधिको तुलनामा ७.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ४ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  

कम्पनीको वित्त आम्दानी भने ३ करोड ४८ लाखबाट घटेर ६८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको कर्मचारी र आयोजना खर्च २७ करोड ५१ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ७ अर्ब ५७ करोड ्ररुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ९१ करोड र कुल चालु दायित्व १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४४३.२० र तरलता अनुपात २.४० गुणा कायम भएको छ ।     


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.