Bizshala
  • बुधबार, पुष १६,२०८२ 01:53:00
Bizshala
Global IME Bank Limited

यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै

Hyundai Nepal
यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै
Shivam Cement

काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको यसपटकको दसैं विगतभन्दा केही फरक भइरहेको छ । पोखरेल यसपालि दसैंमा नयाँ घर बुढानिलकण्ठमा सरेकी छिन् भने यूएई लगायतका देशहरु आफ्ना पतिसँग घुम्न निस्किएकी छिन् ।  

उनी पासपोर्ट बनाएको ८ वर्षपछि विदेश घुम्न गएकी हुन् । उनले भनिन्–‘सगै पासपोर्ट बनाएका साथीहरु विदेश पुगिसके । मैले भने पहिलोपल्ट ठूलो जहाज चढेँ । खासमा म भारतबाहेक कहीँ पनि गएकी थिइन् ।’ 

CG Motors
Bizshala
Garima Development Bank

उनको माइतीघर बर्दिबास हो भने घर अर्घाखाँची हो । अहिले बाढी तथा खराब मौसमका कारण गाउँघरतिर जान सम्भव नभएको उनले बताइन् ।  

विदेश घुम्न गएका कारण उनको यसपटक स्वदेशमै टीका हुने नहुने निश्चित छैन ।  

पोखरेल दसैं भन्नेबित्तिकै गाउँमा रातो माटोले पोतिएको घर र चङ्गा उडाएको बालापन याद आउँछ । बालापनमा दिदीभिनाजु दसैंमा आउने भएर पनि उनलाई दसैं निकै रमाइलो लाग्ने गथ्र्यो ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

 अहिले सामाजिक सञ्जालले गर्दा दसैंको महत्व घट्दै गएको पोखरेलको भनाई छ । उनले लगानीकर्ताहरुलाई आत्तिने र मात्तिने भन्दा पनि धैर्य गरेर लगानीको निर्णय लिन पनि सुझाउँछिन् ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.