बिहीबार, असार ५,२०८२ 06:41:42
  • बिहीबार, असार ५,२०८२ 06:41:42
Global IME Bank Limited

अरुण भ्याली हाईड्रोपावरको नाफामा ५०.८८% को संकुचन,कस्तो छ अन्य सूचकको अवस्था ?

Hyundai Nepal
अरुण भ्याली हाईड्रोपावरको नाफामा ५०.८८% को संकुचन,कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा ५०.८८ प्रतिशतको गिरावट आएको छ । 

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको विद्युत बिक्री आम्दानीमा ८२.४४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट १८ करोड २३ लाख कमाएको थियो । कम्पनीको अन्य आम्दानी भने २ करोड ४० लाखबाट बढेर १५ करेड २९ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको कुल खर्च ०.२३ प्रतिशतले बढ्दै १२ करोड २४ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र कुल चालु दायित्व ३९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)२.४९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९६.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११०.३७ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.