Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि पुनः उडान सुरु गर्ने

Global IME Bank Limited
भुटान एयरलाइन्सले भदौ ३० गतेदेखि पुनः उडान सुरु गर्ने
Nabil Bank Limited

काठमाण्डौ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३)ले आफ्ना फ्लाईटहरु पुनः सुरु गर्ने घोषणा गरेको छ। 

उक्त एयरलाइन्सको नेपालको आधिकारिक जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस(आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था)ले यसको जानकारी दिएको हो। 

यी उडानहरु भाद्र ३० गतेबाट आइतबार, सोमबार, बुधबार, र शनिबार गरी साप्ताहिक रुपमा ४ पटक हुने भएका छन्। यी उडानहरुले पारो–काठमाडौं–दिल्लीलाई दुईतर्फी रुपमा जोड्नेछन् । 

निर्धारित फ्लाईटहरु पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण रोकिएको काठमाडौंका उडानहरु पुनः सुचारु हुने भएको हो। “थन्डर ड्रागनको भूमि”भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल–भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिवद्धताअनुरुप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौँ उडानको शुरुवात गरेको थियो । 

भुटान–काठमाडौं फ्लाइट पुनः सुचारु भएकोमा खुशी व्यक्त गर्दै भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भने, “एक निजी एयरलाइन्स भएका कारण हामीले कोभिड–१९ महामारीको समयमा उडानहरू रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णयहरू लिनुपर्ने जस्ता चुनौतीहरूको सामना गर्नुपरेको थियो । यसले अवश्य पनि हाम्रा ग्राहकहरुलाई असुविधा भएको थियो र हाम्रो विश्वसनीयतामा पनि प्रश्न उत्पन्न भएको थियो भन्ने हामीलाई अवगत छ। यिनै कुराहरुलाई मध्यनजर गर्दै यसपटक भने हामी उडान तालिका नियमित राख्न प्रतिबद्ध छौँ । हामी हाम्रा सम्पूर्ण ग्राहकहरुलाई यो विश्वास दिलाउन चाहन्छौँ कि हामी जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि उडानहरु अब नियमित राख्नेछौँ र विश्वसनीय वायुसेवाको रुपमा आफूलाई स्थापित गराउनेछौँ।”

त्यस्तै सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका चेयरम्यान रविचन्द्र सिंहले भने, “भुटान एयरलाइन्सको  उडान पुनः सुरु भएकोमा हामी अत्यन्तै उत्साहित छौँ । यस नयाँ सुरुवातका साथ दुवै देशका पर्यटकहरूलाई थप सहज हुनेछ र यसले पर्यटन उद्योगलाई थप प्रवद्र्धन गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ । भुटान एयरलाइन्सका लागि नेपालको आधिकारिक जीएसएको रूपमा हामीले यस एयरलाइन्समार्फत सर्वोत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौँ ।”

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.